शनिबार, साउन १२, २०८१
03:24 | ०८:०९

बेलायतमा टीकाको शुभसाइत बिहान ७. ४५ मा

पशुपतिनाथ मन्दिरमा टीकाजमरा वितरण कार्यक्रम

नेपाली लिङ्क अक्टोबर २५, २०२०

लण्डन । नेपालीहरुको महान पर्व बडादशैंको दशौं तथा प्रमुख दिन विजया दशमी सोमबार मान्यजनबाट टीकाजमरा तथा आशिर्वाद ग्रहण गरी मनाइँदैछ ।

नेपालमा मात्र नभएर देशबाहिर रहने नेपालीहरुले समेत आफ्नै ढंगले दशैं मनाउँदैछन् ।

बेलायतमा दशैंको टीकाको साइत सोमबार बिहान ७ बजेर ४५ मिनेटको समयमा परेको छ । लन्डनको प्लमस्टिडस्थित पशुपतिनाथ मन्दिरका मूलपण्डित ज्योतिषी निलहरि घिमिरेका अनुसार उक्त समयमा टीका लगाउने व्यक्ति पश्चिम र टीका लगाइदिने व्यक्ति पूर्व फर्किनु उत्तम रहनेछ ।

शुभ साइतको समयमा शुरु गरिसकेपछि बांकी दिनभर नै टीकाको लागि समय शुभ रहने ज्योतिषी घिमिरेको भनाइ छ ।

यसैबीच, प्लमस्टिडस्थित पशुपतिनाथ मन्दिरमा सोमबार विजयादशमीको दिन बिहान ८.०० देखि दिउसो २.०० बजेसम्म टीकाजमरा, प्रसाद वितरणको कार्यक्रम छ ।

त्यसअवसरमा मन्दिरमा आउने भक्तजनहरुलाई अनिवार्य मास्क, पन्जा लगाएर आवश्यक सावधानीसहित सामाजिक दूरी कायम गर्न आव्हान गरिएको छ ।

सबै भक्तजनलाई टीका, जमरा, प्रसाद लिएर ‘वान वे सिस्टम’ पालना गरी यथासक्य चांडो मन्दिरबाट बाहिरिन आव्हान गरिएको मन्दिर व्यवस्थापन समितिकी सचिव कल्पना त्रिपाठीले जानकारी दिइन् ।

मन्दिरमा घटस्थापनाको दिनदेखि नै हरेक दिन नियमित आरती, चण्डीपाड तथा नवदुर्गा पूजा गरिंदै आएको छ ।

व्यवस्थापन समिति अध्यक्ष नरेन्द्र कंडेलले प्रतिकुल समयमा पनि आवश्यक सतर्कतासहित दशैं विशेष कार्यक्रम कायम राख्ने कोशिस गरिएको बताए ।

बडादशैंको दिनमा टीकाजमरा ग्रहण गर्न आउने स्थानीय भक्तजनहरुलाई पनि आवश्यक सतर्कता र सावधानी अपनाएर सहयोग गर्न उनले आग्रह गरेका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू