शुक्रबार, वैशाख १४, २०८१
12:30 | १७:१५

आजबाट ब्रिटिश समर टाइम अन्त, एक घण्टा समय घट्यो

आइतवार बिहान २ बजेबाट यूकेको समय एक घण्टा पछाडि

नेपाली लिङ्क अक्टोबर २४, २०२०

लन्डन । आजबाट बेलायतमा ब्रिटिस समर टाइमको अन्त भएको छ  । मार्चको अन्तिम आइतबार ब्रिटिस समर टाइम शुरु हुन्छ भने अक्टुबर अन्तिम आइतबार ब्रिटिश समर टाइम अन्त हुने गर्दछ ।

सोहि अनुरुप आज अक्टुबर २५ आइतवार बिहानको २ बजेबाट यूकेको समय एक घण्टा पछाडि गएको छ, अर्थात आइतबार बिहानको २ बजेको समयलाई १ बजेको समयमा निर्धारित गरिएको छ । यहाँ प्रत्यक वर्ष घडीको समय दुइपटक परिवर्तन गरिन्छ ।

मार्च महिनामा ब्रिटिस समर टाइमको समय एक घण्टा अगाडी लगिन्छ भने अक्टुबर महिनामा घडी एक घण्टा पछाडि सारिन्छ । ‘डे लाईट सेभिङ’ भनिने यस्तो प्रचलन सर्वप्रथम दोस्रो विश्व युद्धताका जर्मनबाट शुरु गरिएको हो ।

यसले गर्दा इनर्जी बचत हुने, सवारी दुर्घटना कम हुने, अपराध नियन्त्रण हुनुका साथै व्यापार व्यवसायमा पनि फाइदा पुग्ने धारणा छ । ब्रिटिस समरको समयमा बेलुका ९ बजेपछिसम्म पनि सुर्योदय देख्न सकिनेछ ।

घडी परिवर्तन गर्दा केटाकेटीहरुको स्वास्थमा पनि फाइदा पुग्ने एक अध्ययनले देखाएको छ । विभिन्न ९ देशमा २३ हजार केटाकेटीमाथि गरिएको परिक्ष्यणबाट पुष्टि भएको छ कि समर समयमा केटाकेटीहरुको दैनिक क्रियाकलापमा २० प्रतिशतले वृद्धि हुने गर्दछ ।

हिजोआज प्रायजसो उपकरणहरुको समय आफै परिवर्तन हुने गर्दछन् भने कतिपयको समय आफैले परिवर्तन गर्नुपर्ने हुन्छ । सन्  २०२१ मार्च २८ आइतबार पुन: घडीलाई एक घण्टा अगाडि लगिन्छ । विश्वका लगभग ७० भन्दा बढी मुलुकमा ‘डे लाइट सेभिङ’ प्रणाली लागू गरिन्छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू