शुक्रबार, चैत १६, २०८०
09:02 | १४:४७

पूर्व प्रधानमन्त्री ब्लेयरले उल्लंघन गरे क्वारेन्टिन नियम

नेपाली लिङ्क अक्टोबर १८, २०२०

लन्डन । बेलायती पूर्व प्रधानमन्त्री टोनी ब्लेयरले दुई साताको क्वारेन्टिन नियम उल्लंघन गरेको आरोप सामना गरेका छन् । अमेरिकाबाट फर्किएको १० दिनमा उनी लन्डनको एक क्लबमा भेटिएको बेलायती अखबार डेली मेलले दावी गरेको छ ।

६७ वर्षीय ब्लेयर हवाइट हाउसबाट फर्किएको १० दिनमा लन्डन मेफेयरस्थित हयारीस बारमा भेटिएको जनाइएको छ ।

उनी ब्रिटिश करदाताको पैसा लिएका स्कटल्याण्ड यार्ड प्रोटेक्सन अफिसर समूहका साथ त्यहां गएको बताइएको छ ।

पूर्व प्रधानमन्त्री ब्लेयरका प्रवक्ताले भने ब्लेयरले अमेरिका र बेलायत सरकारको नियम पालना गरेको जनाएका छन् ।

इजरायल र यूएइबीच मध्यपूर्व शान्ति सम्झौतासंग सम्बन्धित एउटा अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन उनी अमेरिका गएका थिए ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू