शुक्रबार, चैत १६, २०८०
01:07 | ०६:५२

विश्वभर कोरोनाबाट ११ लाख भन्दा बढीको मृत्यु       

तीन करोड ९२ लाख भन्दा बढी संक्रमित

रासस/एपी अक्टोबर १६, २०२०

पेरिस । महामारीको रुपमा फैलिएको कोरोनाभाइरसका कारण विश्वभरी हालसम्म ११ लाख तीन हजार ३ सय ७९ जनाको मृत्यु भएको छ ।  विभिन्न निकायहरुले सार्वजनिक गरेको विवरण अनुसार कोरोनाभाइरसबाट विश्वभरी संक्रमित भएकाहरुको कुल संख्या  तीन करोड ९२ लाख सात हजार ४ सय ३६ पुगेको छ ।

कुल संक्रमितमध्ये दुई करोड ९३ लाख ९७ हजार ८ सय ३५ जना कोरोनाभाइरसबाट संक्रमणमुक्त भइसकेको तथ्याङ्क छ । विश्वभरी अहिलेपनि ८७ लाख छ हजार २ सय २२ जना संक्रमित अवस्थामै रहेका छन् । ती मध्ये ८६ लाख ३५ हजार ३ सय १६ जनाको अवस्था मध्यम छ भने अरु ७० हजार ९०६ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।

संक्रमितहरुको सङ्ख्याका आधारमा अमेरिका सबैभन्दा अगाडि रहेको छ भने भारत, ब्राजिल, रुस, स्पेन, अर्जेन्टिना, कोलम्बिया, पेरु, मेक्सिको र फ्रान्स क्रमशः अग्र देशमा रहेका छन् । अमेरिकामा अहिलेसम्म ८२ लाख १६ हजार ३ सय १५ जना संक्रमित भएका छन् भने दुई लाख २२ हजार ७ सय १७ जनाको मृत्यु भएको छ ।

त्यसैगरी भारतमा ७३ लाख ७० हजार ४ सय ६८ जना संक्रमित हुँदा एक लाख १२ हजार १ सय ६१ जनाको मृत्यु भएको विवरण छ । संक्रमितहरुको संख्या हेर्दा ब्राजिलमा ५१ लाख ७० हजार, रुसमा १३ लाख ६९ हजार स्पेनमा नौ लाख ७२ हजार मानिस कोरोनाभाइरसबाट संक्रमित भएका छन् ।   हाल कोरोनाभाइरस  विश्वका २ सय १६ देशमा पुगिसकेको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू