बिहीबार, वैशाख २०, २०८१
23:03 | ०३:४८

मन्त्रिपरिषद हेरफेर, विष्णु पौडेललाई अर्थ

रासस अक्टोबर १४, २०२०

तस्बिर रासस

काठमाडौं  । राष्ट्रपति विद्यादेवी भण्डारीले मौजूदा मन्त्रिपरिषद्मा हेरफेर गर्नुभएको छ । राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ७६ को उपधारा ९९० बमोजिम प्रधानमन्त्रीको सिफारिसमा रिक्त मन्त्रालयमा पदपूर्तिसहित केही मन्त्रालयको नेतृत्वमा सामान्य हेरफेर गर्नुभएको छ ।

राष्ट्रपतिको कार्यालयले आज विज्ञप्ति जारी गरी दिएको जानकारीअनुसार रक्षा मन्त्रालयको कार्यभार प्रधानमन्त्री ओली आफैँले लिनुभएको छ भने उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको जिम्मेवारी दिइएको छ ।

रिक्त अर्थमन्त्रीमा विष्णुप्रसाद पौडेल, सञ्चार तथा सूचना प्रविधिमन्त्रीमा पार्वत गुरुङ, शहरी विकासमन्त्रीमा कृष्णगोपाल श्रेष्ठ र महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्रीमा लीलानाथ श्रेष्ठ नियुक्त हुनुभएको छ ।

पौडेल, कृष्णगोपाल र लीलानाथ वर्तमान सरकारमा नयाँ प्रवेशी हुनुभएको छ । अन्य मन्त्री र उहाँहरुको कार्यभार यथावतै छ ।

 

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू