बिहीबार, वैशाख १३, २०८१
13:06 | १७:५१

बेलायतमा मृतक संख्या ४ महिनायताकै बढी

१७ हजार बढी संक्रमित

नेपाली लिङ्क अक्टोबर १३, २०२०

लन्डन । बेलायतमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या विगत ४ महिनायताकै सबैभन्दा बढी भएको ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयर’ ले जनाएको छ ।

गएको २४ घन्टामा थप एक सय ४३ जना संक्रमितको मृत्यु भएको स्वास्थ्य विभागले जनाएको छ । केहि दिन यताको तुलनामा आज मृत्यु हुने संख्या दोब्बर भन्दा बढी छ ।

बेलायतमा पछिल्लो २४ घन्टामा थप १७ हजार २ सय ३४  जनामा संक्रमण पुष्टि भएको छ । २ लाख ५८ हजार ९ सय ५५  जनामा गरिएको परीक्षणमा १७ हजार भन्दा बढी संक्रमित फेला परेका हुन््  ।

योसंगै बेलायतमा कोरोना संक्रमित हुनेको संख्या ६ लाख ३४ हजार ९  सय  २० पुगेको छ । हालसम्म बेलायतमा २ करोड ५६ लाख ९७ हजार १ सय ६४ जनामा कोरोना परीक्षण गरिसकिएको छ ।

बेलायतमा हालसम्म कोरोना सनाकरमणबाट मृत्यु हुनेको संख्या ४३ हजार १८ पुगेको छ ।

आज मृत्यु हुनेमध्ये  तर कोरोनाको संक्रमणबाट मृत्यु भएको प्रमाणपत्र (डेथ सर्टिफिकेट) दर्ताको आधारमा भने मृतक संख्या ५७ हजार ६  सय ९० रहेको स्वास्थ्य विभागको तथ्याँकमा उल्लेख छ ।

हस्पिटलमा भर्ना हुने संक्रमितको संख्या पनि दिनहुँ बढ्दै गएको छ । पछिल्लो २४ घन्टामा थप ६ सय ५५ जना हस्पिटल भर्ना भएका छन् । हाल बेलायतका हस्पिटलमा ४ हजार ३ सय ६७ जना कोरोना संक्रमित भर्ना भएका छन् ।

यसैगरी ५ सय ७ जना संक्रमितको भेन्टिलेटर बेडमा उपचार भैरहेको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू