मंगलबार, वैशाख ११, २०८१
15:30 | २०:१५

विश्व नेपाली साहित्य महासंघ, साउथ यूकेको नेतृत्व हितानलाई

नेपाली लिङ्क अक्टोबर ११, २०२०

लन्डन । विश्व नेपाली साहित्य महासंघ (विनेसाम) साउथ यूकेको अध्यक्षमा वातावरण साहित्यकार विजय हितान निर्वाचित भएका छन्    

गतसाता भर्चुअल माध्यमबाट सम्पन्न संस्थाको दाेस्राे अधिवेशनले हितानको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको हो ।

विनेसाम साउथ यूकेमा हितानको यो दोस्रो नेतृत्व हो । सन्  २०१६ मा स्थापित शाखाका उनी संस्थापक अध्यक्ष पनि हुन्   

नवनिर्वाचित समितिमा उपाध्यक्ष थीर थापा, सचिव अमित थेवे, सहसचिव लाहाङ चेम्जोङ, कोषाध्यक्ष सेमन्त राई, सहकोषाध्यक्ष सन्ध्या गुरुङ र मिडिया सचिव विश्वजित थापा छन्  

त्यस्तै, सदस्यहरुमा सर्वधन राई, टिमाया राई, संजीव पार्दशी, शुष्मा  रुपाबुङ र किरण चाम्लिङ निर्वाचित भएका छन् ।  

संस्थाको संरक्षकमा घन बहादुर थापा र सल्लाहकारमा गणेश पुन, औतारी साईला, सुरेन्द्र इङनाम र विश्वासदीप तिगेला चुनिएका छन् ।

विनेसामका संस्थापक विश्वासदीप तिगेलाले संयोजन गरेको अधिवेशन निर्वतमान महासचिव थीर थापा मगरले सञ्चालन गरेका थिए 

अधिवेशनमा अघिल्लो समितिको औपचारिक विघटनको घोषणालगत्तै नयाँ समितिको चयन प्रकृया अघि बढाइएको थियो ।

नवनिर्वाचित कार्यसमितिलाई महासंघ केन्द्रका पूर्व अध्यक्ष समेत रहेका तिगेलाले बधाई तथा कार्यसफलताको शुभकामना व्यक्त गरे । उनले अघिल्लो कार्यसमितिलाई धन्यवाद ज्ञापन गरे ।  

विनेसाम साउथ यूकेका नवनिर्वाचित अध्यक्ष हितानले बेलायतमा रहेका अन्य नेपाली साहित्यिक संस्थाहरुसँग सहकार्य गर्दै वातावरण साहित्य, लाहुरेयुद्ध साहित्य र मातृभाषा साहित्यका कार्यक्रमहरु पनि गर्ने कार्य आफ्नो प्राथमिकतामा रहेको बताएका छन्   

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू