शुक्रबार, चैत १६, २०८०
14:46 | २०:३१

बेलायतका नेपाली व्यवसायीको सोलार फार्मले 
बांड्यो स्वास्थ्य सामग्री

नेपाली लिङ्क अक्टोबर १०, २०२०

लन्डन । बेलायतका नेपाली व्यवसायीहरुद्वारा नेपालमा सञ्चालित सोलार फार्म प्रालिले विभिन्न १० संघसंस्थालाई स्वास्थ्य सुरक्षा सामग्री वितरण गरेको छ ।

तनहुंको शुक्लागन्डकी नगरपालिकामा ५ मेगावाटको सोलार प्रोजेक्ट गरेको सोलार फार्मले स्थानीय स्वास्थ्य संस्था, स्कुल र समुदायमा ती सामग्री सहयोग गरेको हो ।

सोलार फार्मका निर्देशक एवं एनसीआई ग्रुप यूकेका अध्यक्ष मोहन गुरुङका अनुसार ९ सय ५० थान सर्जिकल मास्क, ७ सय थान पन्जा, ८५ लिटर स्यानिटाइजर, मेडिकल गाउन र पीपीई सेट ६ ६, फेस सिल्ड मास्क १० थान, एन ९५ मास्क १६ थान, क्लोरिन १६ लिटर, स्यानिटाइजर डिस्पेन्सर एक थान लगायत सामग्री वितरण गरिएको हो ।

शुक्लागन्डकी नगरपालिकास्थित स्वास्थ्य शाखा, उक्त नगरपालिका ५ स्थित कार्यालय, जनकल्याण मावि, कुमारी आधारभूत विद्यालय, जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र, शुक्लागण्डकी उद्योग वाणिज्य संघ, इलाका प्रहरी कार्यालय बेलचौतारा, क्याम्पसवस्ती टोल विकास संस्था, नेपाल विद्युत प्राधिकरण खैरेनीटार सबस्टेशन र शुक्ला गण्डकी एफएम दुलेगौंडालाई ति स्वास्थ्य सामग्री प्रदान गरिएको प्रालिले जनाएको छ ।

एनसीआई ग्रुप यूकेका अध्यक्ष मोहन गुरुङले नेपालमा कोभिड १९ महामारी पिकटाइममा रहेका बेला जनस्वास्थ्यलाई मध्यनजर गर्दै सहयोग प्रदान गरिएको जनाए ।

सहयोग गरिएका सामग्रीहरु डोल्मा इम्प्याक्ट फन्डको तर्फबाट उपलब्ध गराइएको थियो ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू