बिहीबार, वैशाख १३, २०८१
02:08 | ०६:५३

यूकेमा बन्द कम्पनीका कामदारको दुई तिहाई तलब सरकारले दिने

नोभेम्बरदेखि ६ महिनाका लागि 'जब प्रोटेक्सन स्कीम'

नेपाली लिङ्क अक्टोबर ९, २०२०

अर्थमन्त्री ऋषि सुनाक

लन्डन । बेलायतमा कोरोना भाइरस महामारीका कारण संचालन हुन नसकेका कम्पनीका कामदारहरुको २ तिहाई तलब सरकारले उपलब्ध गराउने भएको छ । यही अक्टोबरपछि यसअघि कार्यन्वयनमा रहेको ‘फर्लो स्कीम’ हट्ने भएपछि सरकारले ‘जब प्रोटेक्सन स्कीम’ अन्तर्गत नयाँ राहत घोषणा गरेको हो ।  

शुक्रबार बेलायती अर्थमन्त्री ॠषि सुनाकले घोषणा गरेको यो सुविधा आउंदो नोभेम्बर १ देखि लागू हुनेछ । ६ महिनाका लागि घोषित स्कीमअन्तर्गत सरकारले एक कामदारको मासिक अधिकतम २१ सय पाउन्डसम्म दुई तिहाई तलब उपलब्ध गराउनेछ ।  

यो सुविधा कोरोना संक्रमण नियन्त्रण प्रयासमा सरकारले बन्द गर्न लगाएका कम्पनीहरुको लागि मात्र उपलब्ध हुनेछ ।  

देशमा दोस्रो चरणमा फैलिरहेको संक्रमण नियन्त्रणको प्रयासमा आउंदो सातादेखि थप प्रतिबन्धहरु घोषणाको तयारी भइरहंदा कम्पनीहरुका लागि नयाँ राहत सार्वजनिक गरिएको हो ।  संक्रमणको दर उच्च रहेका क्षेत्रहरुमा पब, रेष्टुरेन्ट लगायतका व्यवसाय  बन्द गर्न लगाउने सरकारको तयारी छ ।  

दुई तिहाई तलबको राहत घोषणा गर्दै अर्थमन्त्री सुनाकले अफ्टेरो अवस्थामा पनि सकेसम्म धेरै व्यवसाय खुला राख्न र धेरै मानिसहरुको रोजगारी जोगाउन सरकारी राहत सहयोगी बन्ने विश्वास व्यक्त गरेका छन् ।  

सरकारले बन्द कम्पनीहरुको लागि मासिक ३ हजार पाउन्डका दरले थप ग्रान्ट पनि उपलब्ध गराउने भएको छ ।  

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू