शुक्रबार, वैशाख १४, २०८१
17:22 | २२:०७

फोक्सटन गोर्खा स्मारकमा युद्धमा जीवन गुमाएका गोर्खाहरुको सम्झना

युद्धमा शहादत गोर्खाहरुको सम्झना गर्दै माल्यार्पण

नेपाली लिङ्क अक्टोबर ९, २०२०

लन्डन । बेलायतका लागि विभिन्न युद्ध लड्ने क्रममा वीरगतिप्राप्त गोर्खा सैनिकहरुको स्‍मृतिमा फोक्सटनस्थित गोर्खा स्मारकमा एक कार्यक्रम गरिएको छ ।  

गत शनिबार बेलायती सेनाको तर्फबाट ‘गार्डेन अफ रिमेम्बरेन्स्’ स्थित स्मारकमा युद्धमा शहादत गोर्खाहरुको सम्झना गर्दै माल्यार्पण  गरिएको थियो ।  

विगतका वर्षहरुमा जस्तो ठूलो सहभागितामा हुने ‘सिभिक सर्भिस’ कार्यक्रम यसपटक कोरोना महामारीका कारण स्थगित भएपनि गोर्खाहरुको स्‍मृतिमा गरिने माल्यार्पण कार्यक्रमलाई निरन्तर गरिएको हो   

फोक्स्टनमा गोर्खा स्मारक स्थापना भएको पाँचौं वार्षिकीका अवसरमा हालसम्म विभिन्न युद्धमा ज्यान गुमाएका ४६ हजार गोर्खाप्रति सम्मान व्यक्त गरियो ।  

गोरखा मेमोरियल फाउन्डेसनले निर्माण गरेको गोर्खा स्मारक सन् २०१५ मा चर्चित बेलायती अभिनेत्री जोआना लुम्लेले अनावरण गरेकी हुन् ।  

आधुनिक लडाई किट लगाएको गोर्खा सैनिकको उक्त शालिकले बेलायतका लागि रोयल गोर्खा राइफल्सले गरेको २ सय  वर्ष बढीको सेवाको सम्झना गराउँछ ।  

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू