शुक्रबार, चैत १६, २०८०
11:05 | १६:५०

किराया यूकेमा अध्यक्ष कल्पना नै आधिकारिक भन्दै आयो केन्द्रको पत्र

नेपाली लिङ्क अक्टोबर ८, २०२०

कल्पना राई

लण्डन । किराँत राई यायोक्खा (किराया) यूकेमा अध्यक्ष कल्पना राई नै आधिकारिक रहेको भन्दै केन्द्रले पत्र पठाएको छ ।

अध्यक्ष राईसंग असन्तुष्ट समूहले उनलाई अविश्वासको मतमार्फत पदमुक्त गरिएको दावी गरिरहंदा किराया नेपालले भने अध्यक्ष कल्पना राईकै नेतृत्वलाई आधिकारिक भनेको हो ।

किराया केन्द्रका तर्फबाट गत सेप्टेम्बर २७ का दिन प्रेषित पत्रमा असन्तुष्ट पक्षले सेप्टेम्बर १९ मा गरेको भनिएको अधिवेसन संस्थागत विधान र मर्यादाविपरित रहेको ठहर गरिएको छ ।

‘किराया बेलायत अन्तर्गत रहेको विधि र पद्धतिको आधारमा किराया  बेलायतको सातौं महाधिवेशबाट निर्वाचित कल्पना राईको नेतृत्वमा रहेको किराया बेलायतको संस्थापन टिम नै किराया बेलायतको आधिकारिक संस्था रहेको स्पष्ट पार्न चाहन्छौं’, किराया नेपालका अध्यक्ष दिवस राई, महासचिव जनक राई र विदेश विभाग प्रमुख जीवन हाताचो राईले संयुक्त रुपमा हस्ताक्षर गरेको पत्रमा उल्लेख छ ।

बेलायतको असन्तुष्ट पक्षले विवाद समाधानको लागि संस्थापन पक्षसंग वार्ताको टेबलमा नबसी संस्थाको विधानविपरित छुट्टै गतिविधि र समानान्तर संस्था सञ्चालन गरेको भन्दै पत्रमा विधिसम्मत अधिवेशनबाट निर्वाचित अध्यक्षलाई हटाउने निर्णय संस्थागत नभएर ‘गुटगत’ रहेको बताइएको छ ।

यसैबीच, किराया बेलायतकी अध्यक्ष कल्पना राईले पनि एक प्रेस वक्तव्य जारी गर्दै संस्था र अध्यक्षको आधिकारिताबारे गलत प्रचार भएको आरोप लगाएकी छन् ।

संस्थाले यसअघि नै कारबाही गरी निलम्बन गरिसकेका उपाध्यक्षसहितका केहि पदाधिकारीहरुले भ्रामक प्रचार गरेको उनको दावी छ । संस्थाको विधि, विधान र प्रजातान्त्रिक अभ्यासको उपेक्षा गरी हुने गतिविधिका लागि संस्था जिम्मेवार नरहने समेत उनले स्पष्ट गरेकी छन् ।

किराया बेलायतको वक्तव्य-

 

 

किराया नेपालबाट आएको पत्र:

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू