शनिबार, साउन १२, २०८१
03:21 | ०८:०६

बेलायतका अस्पतालमा कोरोना संक्रमित बढ्दै

थप १४ हजार १ सय ६२ जना नयाँ संक्रमित, ७० को मृत्यु

नेपाली लिङ्क अक्टोबर ७, २०२०


लन्डन । बेलायतमा कोरोना संक्रमित वृद्धिसंगै हस्पिटलमा भर्ना हुनेको संख्या पनि दिनहुँजसो बढ्न थालेको छ । बितेको २४ घन्टामा थप ५ सय ८ जना कोरोना संक्रमित हस्पिटल भर्ना भएका छन् ।

मंगलबार सार्वजनिक तथ्याँक अनुसार ४ सय ६ जना कोरोना संक्रमित हस्पिटल भर्ना भएका थिए । यसैगरी पछिल्लो २४ घन्टामा थप १४ हजार १ सय ६२ जना नयाँ क्रोरोना संक्रमित थपिएको ‘डिपार्टमेन्ट एण्ड सोसल हेल्थ केयर’ ले जनाएको छ ।

मंगलबार १४ हजार ५ सय ४२ जना नयाँ संक्रमित थपिएका थिए । बेलायतमा हालसम्म कोरोना संक्रमितको संख्या ५ लाख ४४ हजार २ सय ७५ पुगेको छ । यसैगरी बेलायतमा २४ घन्टाभित्र थप ७० जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

योसंगै बेलायतमा कोरोनाका कारण ४२ हजार ५ सय १५ जनाको मृत्यु भैसकेको स्वास्थ्य विभागले जनाएको छ । अहिले ३ हजार १ सय ४५ जना कोरोना संक्रमित हस्पिटलमा उपचारार्थ भर्ना भएका छन् भने ४ सय १० जना ‘भेन्टिलेटर बेड’ मा उपचार गराइरहेका छन् ।

विश्वभर कोरोना संक्रमणका कारण १० लाख ५६ हजार ३ सय ४१ जनाको ज्यान गइसकेको छ । यसैगरी ३ करोड ६१ लाख ५४ हजार ४ सय ४१ संक्रमितमध्ये २ करोड ७२ लाख १५ हजार ३ सय ४२ जना उपचारपछि डिस्चार्ज भएका छन् ।

कोरोनाबाट सबैभन्दा बढी मृत्यु हुने मुलुकमध्ये अमेरिका, ब्राजिल, भारत, मेक्सिको पछि बेलायत पाँचौं स्थानमा छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू