शुक्रबार, वैशाख १४, २०८१
09:11 | १३:५६

वार्षिकोत्सवमा गोलाप्रथाद्वारा आकर्षक उपहार बांड्दै अनुग्रह ज्वेलर्स

नेपाली लिङ्क अक्टोबर ६, २०२०

लन्डन ।  बेलायतमा सुनचांदीका गरगहनाको व्यापार गर्दै आएको अनुग्रह ज्वेलर्सले आफ्ना ग्राहकको लागि विशेष उपहार योजना ल्याएको छ ।  

आफ्नो व्यवसाय स्थापना भएको पाँच वर्ष पूरा भएको अवसरमा अनुग्रहले पाँच जना भाग्यशाली ग्राहकलाई विशेष उपहार प्रदान गर्ने भएको हो ।  

अनुग्रह ज्वेलर्सका निर्देशक सुमन राईका अनुसार गोलाप्रथाबाट छनोट हुने ५ जनालाई पुरस्कारस्वरुप उपहार वितरण गरिनेछ ।  

यो उपहार योजना बेलायत वा युरोपमा बसोबास गर्नेहरुको लागि  मात्रै रहनेछ  । गोलाप्रथामा सहभागी हुन अनुग्रह ज्वेलर्सको फेसबुक पेज  वा इन्स्टाग्राम एकाउन्ट लाइक गरी विशेष उपहारसम्बन्धी पोस्ट आफ्नो फेसबुक वा इन्स्टाग्राममार्फत शेयर गर्नुपर्नेछ ।  साथै, उक्त पोस्टहरुमा कमेन्ट गरी आफ्ना साथीभाइलाई ट्याग गर्न पनि सकिनेछ ।  

जित्ने सम्भावना बढाउन एकैजनाले धेरैपटक वा धेरै प्लेटफर्मबाट पोस्ट शेयर गर्न पनि सक्नेछन् ।  पोस्टहरु शेयर गर्दा #Anugrahauk2020 ह्यास्ट्याग गर्नुपर्नेछ । 

यसरी शेयर गर्नेहरुको  सबै नामबाट गोलाप्रथा गरी पाँच विजेता चयन गरिनेछ । जसअनुसार पहिलो हुनेलाई आधा तोला सुनको औंठी, दोस्रोलाई सुनको पेन्डेन्ट, तेस्रोलाई एक वर्ष ग्यारेन्टीसहितको म्याक्स घडी, चौथोलाई चांदीको औंठी र पांचौलाई चांदीको  टप उपहार प्रदान गरिनेछ ।

बेलायतमै बस्ने विजेताहरुले अनुग्रहको स्टोरमै आएर उपहार संकलन  गर्नुपर्नेछ  भने युरोपमा हुनेहरुको लागि सशुल्क पोस्टेजको सुविधा मिलाइनेछ ।  

गोलाप्रथामार्फत  विजेताको चयन अक्टोबर २४ शनिबार फेसबुक लाइभमार्फत प्रत्यक्षप्रसारण गरिनेछ ।  

बेलायतमा पांच वर्षदेखि सन्चालित अनुग्रह ज्वेलर्सका अल्डर्सट र प्लमस्टिडमा स्टोरहरु छन् ।  

अनुग्रहले सुनचांदीका परम्परागत नेपाली गरगहनादेखि आधुनिक डिजाइनका गहनासमेत उपलब्ध गराउँदै आएको छ ।  विवाह, चाडपर्व लगायतका कुनै शुभअवसरमा तथा  ग्राहकको रोजाइ र आवश्यकतामा अर्डरअनुसारका गहना तयार गर्दै आएको अनुग्रहले बेलायत र युरोपमा डेलिभरी सेवा पनि दिने गरेको छ ।  

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू