शुक्रबार, चैत १६, २०८०
18:48 | ००:३३

बेलायतमा प्राथमिकताका आधारमा कोरोना भ्याक्सिन

१८ मुनिकालाई खोप नदिइने

नेपाली लिङ्क अक्टोबर ५, २०२०

लन्डन । सन् २०२१ को ‘इस्टर’ अर्थात अप्रिल पहिलो हप्तासम्म बेलायतका प्रत्येक नागरिकलाई कोरोना विरुद्धको भ्याक्सिन दिइने वैज्ञानिकहरुले दाबी गरेपनि प्रथामिकताका आधारमा भ्याक्सिन दिइने भएको छ ।

जसअनुसार बेलायतका करिब आधा भन्दा कम जनसंख्या अर्थात ६७ मिलियन जनसंख्यामध्ये ३० मिलियनले मात्र पहिलो चरणमा कोरोना विरुद्धको भ्याक्सिन प्राप्त गर्नेछन् । भ्याक्सिन उपलब्ध गराउने सम्बन्धि एक सूची तयार गरिएको छ, जसअनुसार केयर होममा रहेका, ५० वर्ष भन्दा माथि उमेर भएका, स्वास्थ्य क्षेत्र तथा सम्पूर्ण केयरहोममा कार्यरत कर्मचारीहरु रहेका छन् ।

उक्त सूची अनुसार देशको आधा भन्दा कम जनसंख्याले मात्र कोरोना विरुद्धको भ्याक्सिन प्राप्त गर्न सक्ने भ्याक्सिन टास्कफोर्स प्रमुखले बताएका छन् । बेलायतले विभिन्न स्किम अन्तर्गत करोडौँ डोज भ्याक्सिन सुरक्षित गरेको प्रधानमन्त्री बोरिस जोन्सनले बताएका छन् ।

आफूले अक्सफोर्ड विश्वविद्यालयका वैज्ञानिकसँग भेटेको र उनीहरुले विकास गर्न लागेको खोप निकै उत्साहजनक रहेको पनि जोन्सनले बताए ।

भ्याक्सिन टास्क फोर्सका अध्यक्ष केट बिङ्घमले कोरोना भाइरसविरुद्धको खोप सबैका लागि उपलब्ध हुन नसक्ने बताए । जोखिममा भएकाहरुलाई मात्रै खोप लगाइने र सबैलाई खोप लगाइने कुरामा सत्यता नभएको उनले बताएका छन् । १८ मुनिकाहरुलाई कोरोना विरुद्धको खोप नदिइने पनि उनले प्रस्टयाए 

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू