बिहीबार, वैशाख १३, २०८१
12:05 | १६:५०

बेलायतको एसाइलम नीतिमा व्यापक हेरफेरको तयारी

दशकौँयताकै ठूलो ‘सुधार’: गृहमन्त्री पटेल

नेपाली लिङ्क अक्टोबर ४, २०२०

लन्डन । शरणार्थीका रुपमा विदेशी नागरिकलाई देशको आवासीय सुविधा प्रदान गर्ने ‘एसाइलम’ सम्बन्धी नीतिमा व्यापक परिवर्तन गर्ने तयारी बेलायतले गरेको छ । देशको एसाइलम व्यवस्थामा दशकौँयताकै ठूलो ‘सुधार’ गर्ने तयारी गृहमन्त्री प्रीति पटेलले शुरु गरेकी हुन् ।  

सत्तारुढ कन्जरभेटिभ पार्टीको आसन्न कन्फरेन्समा उनले यससम्बन्धी आफ्नो प्रस्तव प्रस्तुत गर्न लागेको बीबीसीले जनाएको छ ।  

अहिलेको प्रचलित नीतिअनुसारको व्यवस्था आधारभूत रुपमै लथालिङ भइसकेका कारण अब व्यवस्थित गर्नुपर्ने तर्क मन्त्री पटेलको छ ।  

उनले प्रस्ताव गर्न लागेको नयाँ एसाइलम नीतिको एक प्रमुख भाग अपीलको अधिकार नभएका विदेशीहरुको डिपोर्टेसन प्रक्रिया तत्काल पूरा गर्नु हुनेछ ।  

नयाँ व्यवस्था वैधानिक बाटोबाट आउनेहरुको लागि सहज तथा गैरकानूनी रुपमा देश भित्रिनेहरुको लागि कठोर बन्ने मन्त्री पटेलको दाबी छ ।  

यसअघि गत सेप्टेम्बर महिनामा गैरकानूनी मार्गबाट बेलायत भित्रिने विदेशीहरुको संख्या वर्षभरकै सबैभन्दा रेकर्ड भएको थियो । उता एसाइलमको लागि आवेदन दिनेहरुमध्ये अधिकांशको ‘वेइटिङ टाइम’ ६ महिनाभन्दा बढी रहेको तथ्यांकले  देखाएको छ ।  

बेलायतले युरोपेली संघसंगको आबद्धता तोडेपछि आउंदो वर्षको शुरुदेखि समग्र इमिग्रेसन प्रणाली नै परिवर्तन गर्ने घोषणा पनि गरिसकेको छ ।  

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू