शुक्रबार, वैशाख ७, २०८१
02:09 | ०६:५४

बेलायतमा २४ घन्टाभित्र १२ हजार ८ सय ७२ संक्रमित

आगामी दिनमा संक्रमित संख्या अझ बढ्न सक्ने

नेपाली लिङ्क अक्टोबर ४, २०२०

लन्डन । बेलायतमा शनिबार सार्वजनिक कोरोना संक्रमितको संख्या अघिल्लो दिनको तुलनामा झन्डै दोब्बर वृद्धि भएको छ । विगत ६ महिना यताकै सबैभन्दा बढी संक्रमित पुष्टि भनिएको बेलायतमा केहि दिन यता ७ हजारको हाराहारीमा कोरोना संक्रमित पुष्टि भएको ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयर’ को तथ्यांकमा उल्लेख छ ।

हिजो शनिबार अबेर गरि सार्वजनिक कोरोना संक्रमितको संख्या ह्वात्तै बढेर १२ हजार ८ सय ७२ पुगेको छ । जुन संख्या अघिल्लो दिनको तुलनमा झन्डै दोब्बर हो । सामान्यतया यहाँको स्वास्थ्य विभागले दैनिक सांझ ४ देखि ५ बजेसम्म कोरोना सम्बन्धि अपडेट सार्वजनिक गर्ने भएपनि शनिबार भने राति पौने नौ बजेपछि मात्र अपडेट गरेको थियो ।

गत २४ सेप्टेम्बर देखि अक्टुबर १ सम्म सार्वजनिक तथ्यांकमा प्राविधिक गडबडी भएको भन्दै आगामी दिनमा संक्रमितको संख्या अझ बढ्न सक्ने विभागले बताएको छ । यसैगरी गएको २४ घन्टामा थप ४९ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसंगै बेलायतमा हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ४२ हजार ३ सय १७ पुगेको छ ।

हालसम्म बेलायतमा ४ लाख ८० हजार १७ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । हाल बेलायतका अस्पतालमा २ हजार ४ सय २८ जना र ३ सय ६८ जनाको भेन्टिलेटर बेडमा उपचार भइरहेको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू