बिहीबार, चैत ६, २०८१
सिरियाविरुद्ध अमेरिकाद्वारा थप प्रतिबन्धहरु घोषणा


रासस–एएनआई
अक्टोबर १, २०२०
वासिङ्टन । संयुक्तराज्य अमेरिकाले एक दर्जनभन्दा बढी सिरियाली नागरिक र संस्था विरुद्ध बुधबार नयाँ प्रतिबन्धहरु घोषणा गरेको छ ।
सिरिया सरकार विरुद्ध थप दबाब सिर्जना गर्न नयाँ प्रतिबन्धहरु घोषणा गर्नु परेको अमेरिकी अर्थ मन्त्रालयले जनाएको छ ।
प्रतिबन्ध घोषणा गरिएकाहरुमा सिरियाली गुप्तचर निकायका प्रमुख, सिरियाली केन्द्रीय बैंकका गभर्नर र एउटा व्यावसायिक संजाल छन् ।
अमेरिकी विदेश मन्त्रालयले पनि सिरियाली द्वन्द्वमा भूमिका रहेको भन्दै अरु तीन सिरियाली नागरिकलाई कालोसूचीमा राखेको छ ।
मन्त्रालयद्वारा जारी विज्ञप्तिका अनुसार कालोसूचीमा राखिएका व्यक्तिको सम्पूर्ण सम्पत्ति रोक्का गरिएको र ती व्यक्तिसँग कुनै पनि प्रकारको कारोबार नगर्न अमेरिकी नागरिकलाई पनि प्रतिबन्ध लगाइएको छ ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस

बेलायतको पृथक नेपाली संस्था जसको प्राथमिकता छ पुस्तान्तरण, च्यारिटी र वेलबिइङ (भिडियो)
मार्च १५, २०२५
ताजा अपडेट्स
ट्रेन्डिङ
- १
- २
- ३
- ४
- ५