शनिबार, वैशाख १५, २०८१
03:20 | ०८:०५

बेलायतका लागि नयाँ राजदूतमा निवर्तमान मुख्यसचिव रेग्मी सिफारिश

संसदीय सुनुवाई समितिबाट ‘थ्रू’ भएपछि एग्रिमोका लागि बेलायत

नेपाली लिङ्क अक्टोबर १, २०२०

लन्डन । बेलायतका लागि नेपाली नयाँ राजदूतमा लोकदर्शन रेग्मी सिफारिश भएका छन् ।

बुधबार मात्रै नेपाल सरकारको मुख्यसचिवबाट राजीनामा गरेका रेग्मीलाई मन्त्रीपरिषदले बेलायतको राजदूतमा सिफारिश गरेको हो ।

हाल बेलायतका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदीको चार वर्षे कार्यकाल यसै महिना पूरा हुदैछ ।

राजदूत नियुक्तिको प्रक्रियाअनुसार मन्त्रीपरिषदले सिफारिश गरेको नाम संसदीय सुनुवाई समितिमा जान्छ । समितिबाट ‘थ्रू’ भएपछि एग्रिमोका लागि बेलायत पठाइनेछ । बेलायत सरकारले स्वीकृति जनाएपछि उनी राजदूतमा नियुक्त हुनेछन् ।

सामान्यत: संसदीय सुनुवाई समितिको प्रक्रिया झन्डै दुई सातामा पूरा हुने गर्छ । त्यसपछि बेलायतले एग्रिमो पठाउन लाग्ने समयमा नै उनको नियुक्ति कहिलेसम्म हुन्छ भन्ने निर्भर गर्नेछ ।

लामो समय प्रशासनिक सेवामा बिताएका रेग्मी पछिल्लो तीन वर्ष मुख्यसचिव थिए । त्यसअघि उनले गृह, अर्थ, भौतिक योजना लगायत महत्वपूर्ण मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए ।

प्रशासनिक क्षेत्रको सर्वोच्च पदसम्म पुगेका रेग्मीको लागि कूटनीतिक क्षेत्र भने नयाँ हो । रेग्मी स्याङ्जाली हुन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू