शुक्रबार, वैशाख ७, २०८१
02:56 | ०७:४१

डा केसीको बिग्रिंदो स्वास्थ्यबारे यूकेका नेपाली डाक्टरहरुले पोखे चिन्ता

समस्याको सौहार्दपूर्ण समाधान खोज्न आग्रह

नेपाली लिङ्क सेप्टेम्बर ३०, २०२०

 

लन्डन । मेडिकल शिक्षा प्रणालीमा सुधारको माग गर्दै १९ औं आमरण अनसनमा बसेका डा गोविन्द केसीको बिग्रिंदो स्वास्थ्यअवस्थाबारे बेलायतमा कार्यरत नेपाली डाक्टरहरुले चिन्ता व्यक्त गरेका छन् ।  

नेप्लिज डक्टर्स एशोसिएसन (एनडिए) यूकेका तर्फबाट बुधबार एक वक्तव्य जारी गर्दै उनीहरुले डा. केसीको स्वास्थ्य रक्षाको सुनिश्चितता गर्न नेपाल सरकारलाई आग्रह समेत गरेका छन्     

एशोसिएसनका अध्यक्ष डा रमेश खोजुद्वारा जारी वक्तव्यमा ‘नेपालमा स्वास्थ्य शिक्षा र प्रशिक्षणका साथै  ग्रामीण क्षेत्रमा स्वास्थ्य सुविधाहरुको क्षेत्रमा सुधारको माग गर्दै भोक हड्तालमा बस्नुभएका वरिष्ठ अर्थोपेडिक सर्जन डा गोविन्द केसीको बिग्रिंदै गएको स्वास्थ्य अवस्थाबारे एनडिए यूके गम्भीर चासो व्यक्त गर्दछ’ भनिएको छ ।  

एशोसिएसनले समस्या समाधानका लागि नेपाल सरकारबाट तत्काल वार्ता समिति गठनको समर्थनमा नेप्लिज मेडिकल एशोसिएसन (एनएमए) सँग ऐक्यबद्धता जाहेर गरेको छ ।  

डा. केसीको स्वास्थ्यलाई गम्भीरताका साथ लिन र सकेसम्म छिटो सौहार्दपूर्ण समाधानको पहल गर्न पनि नेपाल सरकारलाई आग्रह गरिएको छ । 

एनडिए यूकेको वक्तव्य:

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू