शुक्रबार, वैशाख ७, २०८१
23:50 | ०४:३५

बेलायतमा २४ घन्टाभित्र ७ हजार बढी संक्रमित, ७१ जनाको मृत्यु  

करिब ६ महिना यताकै उच्च

नेपाली लिङ्क सेप्टेम्बर २९, २०२०

लन्डन । बेलायतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या दोब्बर  वृद्धि भएको छ । गएको २४ घन्टामा थप ७१ जना कोरोना संक्रमितको मृत्यु भएको ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयर’ ले जानकारी दिएको  छ ।

यो संख्या करिब ६ महिना यताकै सबैभन्दा उच्च हो । योसंगै बेलायतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको कुल संख्या ४२ हजार ७२ पुगेको छ । हिजो शनिबार १३ जना संक्रमितको मृत्यु भएको थियो ।

यसैगरी पछिल्लो २४ घन्टामा थप ७ हजार १ सय ४३ मा नयाँ संक्रमण पुष्टि भएको छ । संक्रमित संख्या पनि करिब ६ महिनायता सबैभन्दा बढी हो ।

हालसम्म बेलायतमा संक्रमितको संख्या ४ लाख ४६ हजार १ सय ५६ पुगेको छ । गएको दुई हप्तादेखि बेलायतमा कोरोना संक्रमण तीव्र रुपमा बढ्दै गएकोछ । कोरोना संक्रमणको संख्या बढ्दै गएपछि हस्पिटलमा भर्ना हुनेको संख्यामा पनि वृद्धि भएको छ ।

गएको २४ घन्टामा २ सय ६६ जना हस्पिटल भर्ना भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । अहिले बेलायतका अस्पतालमा २ हजार ४९ जना कोरोना संक्रमित छन् । यसैगरी करिब ३ सय जनाको भेन्टिलेटर बेडमा उपचार भैरहेको छ  ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू