शुक्रबार, चैत १६, २०८०
15:29 | २१:१४

मेक्सिकोको एक रेष्टुरेन्टमा अन्धाधुन्ध गोली प्रहार गरी ११ को हत्या

रासस/सिन्ह्वा सेप्टेम्बर २८, २०२०

फाइल फोटो

ग्वानजुतो । २ असोज– मेक्सिकोको मध्य क्षेत्रीय प्रान्त ग्वानजुतोको एक रेष्टुरेन्टमा आइतबार बिहान भएको हिंसामा परी ११ जनाको ज्यान गएको छ । प्राप्त पछिल्लो समाचारअनुसार सो रेष्टुरेन्टमा गएका हतियारधारीहरुले आइतबार बिहानीपख सो रेष्टुरेन्टमा रहेका पाहुना र कर्मचारीहरुमाथि गोली चलाएका थिए ।

मोटरसाइकलमा अकस्मात ठूलो संख्यामा आएका ती बन्दुकधारीहरुले गोली हानेर ती व्यक्तिको हत्या गरेका यहाँका स्थानीय सञ्चारमाध्यमहरुले जनाएका छन् । उनीहरुले रेष्टुरेन्ट भित्र छिरेर गरेको अन्धाधुन्ध गोली प्रहारमा परेर त्यहाँ रहेका पाहुना र कर्मचारीको ज्यान गएको बताइएको छ ।

त्यस हिंसामा सात पुरुष र चार जना महिला मारिएका छन् । अरु केही कर्मचारी घाइते पनि भएका समाचारमा जनाइएको छ । ग्वान्जु शहरमा खासगरी कृषि पेसामा कार्यरत व्यक्तिहरुको बसोबास छ ।

सो शहरमा विगत लामो समयदेखि हिंसा हुदै आएको छ । यहाँ यस्तै आक्रमणका घटनाहरुको हिंसामा परी वर्षेनी सयौँ नागरिकको ज्यान जाने गरेको बताइन्छ । सो हिंसा कसले र के कारणले गरेको हो भन्ने विषयमा केही थाहा हुन सकेको छैन । दुर्घटनाको अनुसन्धान शुरु गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू