शुक्रबार, वैशाख ७, २०८१
03:57 | ०८:४२

महामारीकै बीच हजारौं विदेशी डिपोर्ट गर्दै बेलायत

२१ दिनभित्र मुलुक छोड्न आदेशसहित पत्र

नेपाली लिङ्क सेप्टेम्बर २५, २०२०


लन्डन । बेलायतमा शरणार्थीको रुपमा बस्ने अधिकारका लागि गरेको आवेदन अस्वीकृत हुने हजारौं विदेशीलाई उनीहरुकै मुलुकमा  डिपोर्ट गर्ने प्रकृया शुरु गरिएको छ ।

उनीहरुलाई २१ दिनभित्र देश छोड्न निर्देशनसहितको पत्र यसै सातादेखि पठाउन शुरु गरिएको ‘यूके भिसा एन्ड इमिग्रेसन’ (यूकेभीआई) ले जनाएको छ ।  

आफ्नो एसाइलम आवेदन अस्वीकृत भएका र अपीलको अधिकार नभएकाहरुलाई २१ दिने म्यादसहितको पत्र पठाइँदैछ   

सरकारले तत्काल कार्यान्वयन हुने गरी डिपोर्टेसन प्रक्रिया शुरु गरेपछि विभिन्न डिटेन्सन सेन्टरमा राखिएका आप्रवासीहरुको संख्या उल्लेख्य रुपमा बढेको बताइएको छ ।   

बेलायतमा आवासीय अधिकार गुमाएका विदेशीहरुलाई उनीहरुको देश फर्काउनुअघि अन्तरिम समय डिटेन्सन सेन्टरहरुमा राख्ने गरिन्छ ।  

यूकेभीआईले एसाइलम आवेदन अस्वीकृत हुने कतिपयलाई अस्थायी रुपमा होटेलहरुमा पनि राख्दै आएको छ । 

त्यसैगरी, कोरोना महामारीका बेला होटेलहरुमा राखिएका सयौं ‘होमलेस’ मानिसहरुमध्ये आधाजसो पनि बेलायतको आवासीय अधिकार नभएका विदेशीहरु रहेको पाइएको  छ । बेलायत सरकारले उनीहरुलाई पनि आफ्नै देश फर्काउने प्रक्रिया अघि बढाएको छ ।  

कोरोना संक्रमण तीव्र रुपमा बढेर बेलायतले महामारीको दोस्रो ‘पीक’ सामना गर्दै गर्दा आवासीय अधिकार गुमाएका विदेशीहरुलाई उनीहरुकै मुलुक फर्काउने कार्य अघि बढाइएको हो ।  

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू