शनिबार, वैशाख ८, २०८१
00:59 | ०५:४४

बेलायतमा फर्लोको सट्टा ‘जब्स सपोर्ट स्किम’

नेपाली लिङ्क सेप्टेम्बर २४, २०२०

अर्थमन्त्री ऋषि सुनाक

लण्डन । बेलायत सरकारले उपलब्ध गराउंदै आएको ‘फर्लो’ राहत स्किमको सट्टा आगामी नोभेम्बर १ तारिखबाट ‘न्यू जब्स सपोर्ट स्किम’ लागू हुने भएको छ । बेलायती अर्थमन्त्री ऋषी सुनाकले बिहीबार उक्त नयाँ स्किम घोषणा गरेका हुन् । तर, यो नयाँ स्किम उदार नभएको भन्दै वेरोजगारी संख्या बढ्न सक्ने विज्ञहरुले बताएका छन् ।

नयाँ स्किम अनुसार सरकारले आफूले पाउने ज्यालाको २२ प्रतिशत रकम मात्र उपलब्ध गराउनेछ । व्यापार व्यवसाय संचालनमा सहजता प्रदान गरेर कामदारहरुलाई काम गर्ने वातावरण मिलाउने र कामदारहरुले कम्तिमा एक तिहाई समय काम गर्न पाउने सुनाकले  बताए । तर, एक तिहाइ समय काम गरेपनि रोजगारदाताले ५५ प्रतिशतसम्म ज्याला भुक्तानी गर्नुपर्ने बताइएको छ ।

सरकारको नयाँ स्किम अनुसार कामदारहरुले आफूले पाउने सामान्य ज्यालाको ७७ प्रतिशतसम्म भुक्तानी पाउन सक्नेछन् । नयाँ  योजना अनुसार बढीमा मासिक ६ सय ९७ पाउण्ड ९२ पेन्स भन्दा बढी सुविधा दावी गर्न पाइने छैन् ।

कोरोना महामारीका बेला काम गर्न असमर्थ कामदारहरुको लागि बेलायत सरकारले  गत मार्चदेखि ल्याएको ‘फर्लो’ राहत स्किम आगामी अक्टुबर ३१ मा समाप्त हुदैछ । जुन स्किमअनुसार हरेक कामदारको तलबको ८० प्रतिशत (२५ सय पाउण्डसम्म) र पछिल्लो समयमा ७० प्रतिशत सरकारले व्यहोर्दै आएको छ ।

शुरुमा जुनसम्म तीन महिनाका लागि घोषित फर्लो स्किमको म्याद बढाएर अक्टोबरसम्म पुरयाइएको हो ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू