मंगलबार, वैशाख ४, २०८१
17:22 | २२:०७

बेलायत आउने नयां राजदूतको चर्चा शुरु

मुख्य सचिव लोकदर्शन रेग्मीलाई राजदूत बनाउने तयारी

नेपाली लिङ्क सेप्टेम्बर २३, २०२०


लन्डन । बेलायतका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदीको चार वर्षे कार्यकाल आउंदो महिना सकिने भएपछि उनको जिम्मेवारी कसले सम्हाल्छ भन्नेबारे आमचासो बढेको छ ।

श्रोतका अनुसार, नेपाल सरकार परराष्ट्र मन्त्रालयका सचिव शंकरदास बैरागीलाई मुख्य सचिव बनाउन आन्तरिक गृहकार्यमा जुटेको छ ।

सरकारले हालका मुख्य सचिव लोकदर्शन रेग्मीलाई केही दिनभित्रै राजीनामा दिन लगाएर उनलाई बेलायतको राजदूत बनाउने तयारी गरेको छ । निजामती सेवाको सर्वोच्च पद मुख्य सचिवमा 
परराष्ट्र सचिव बैरागीलाई लैजाने सम्भावना छ । मुख्य सचिवका लागि आधा दर्जन सचिव प्रतिस्पर्धामा भए पनि बैरागीले बाजी मार्ने चर्चा छ ।

मुख्य सचिव रेग्मीको तीन वर्षे कार्यकाल आगामी ६ कात्तिकमा सकिंदै छ । तर, उनलाई त्यसअगावै राजीनामा दिन लगाई परराष्ट्र सचिव बैरागीलाई मुख्य सचिव बनाउने गरी गृहकार्य अघि बढाइएको श्रोतको दाबी छ ।

बैरागीलाई मुख्य सचिवका लागि बाटो खुलाउन रेग्मीले २२ असोजअगावै राजीनामा दिइसक्नुपर्छ । रेग्मीले राजीनामा नदिए बैरागीले २२ असोजमा अवकाश पाउनेछन् ।

हाल बेलायतका लागि नेपाली राजदूत डा. सुवेदी नोभेम्बर शुरुतिर फर्कने तयारी छ । फर्कनुअघि पुस्तक सम्पादन, गीत लेखन तथा म्यूजिक भिडियोमा पनि उनको व्यस्तता बढेको छ । जानु अघि आफूले राखेका चार जना कर्मचारी पदपूर्ति पनि उनको प्राथमिकतामा छ । दूतावासले नयां कर्मचारी भर्ना गर्न हालै सूचना जारी गरेको थियो ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू