शुक्रबार, वैशाख १४, २०८१
23:59 | ०४:४४

साउथ ह्यारोको डाँफे स्टोरबाट यूकेभर निशुल्क डेलिभरी

स्कटल्यान्ड, वेल्स र आयरल्यान्डसम्म निशुल्क डेलिभरी

नेपाली लिङ्क सेप्टेम्बर २०, २०२०

लन्डन । लन्डनको साउथ ह्यारोस्थित डाँफे नेपाली सुपरस्टोरले बेलायतभर निशुल्क डेलिभरी शुरु गरेको छ ।  

एशियन मिनी मार्केटका रुपमा केही महिना अघिदेखि संचालनमा आएको स्टोरले यही सेप्टेम्बर पहिलो सातादेखि डेलिभरी सेवा शुरु गरेको संचालक गंगाबहादुर रानाले बताए ।  

संचालक रानाका अनुसार डाँफे स्टोरबाट इङ्ल्यान्डका सबै क्षेत्रसहित स्कटल्यान्ड, वेल्स र आयरल्यान्डसम्म निशुल्क डेलिभरी उपलब्ध गराइएको छ । ६० पाउन्डभन्दा माथिको कुनै पनि अर्डर बिना कुनै शुल्क ग्राहकको घरसम्म डेलिभर गरिनेछ । ह्यारो आसपासका क्षेत्रमा भने २९ पाउन्ड माथिका अर्डरलाई समेत निशुल्क डेलिभरी उपलब्ध छ ।

आसपासका क्षेत्रमा अर्डर गरेको २४ घण्टाभित्र र अन्यत्र २४ घण्टाभित्र डेलिभरी गरिसक्ने डाँफे स्टोरले जनाएको छ ।  

डेलिभरीका लागि डाँफे स्टोरको वेबसाइट https://www.danfe.co.uk/   र फेसबुक पेज https://www.facebook.com/danfestore/   दुवै माध्यमबाट अर्डर गर्न सकिनेछ ।  

स्टोर संचालक रानाले निकट भविष्यमा डेलिभरी सेवालाई युरोपमा पनि बिस्तार गर्ने लक्ष्य रहेको बताए ।  

यही वर्षको शुरुदेखि  संचालनमा आएको डाँफे स्टोरमा नेपालीका साथै  इन्डियन, चाइनिज, कोरियन, जापानिज, इन्डोनेसियन लगायतका खाधान्न र दैनिक उपभोग्य सामानहरु उपलब्ध छन् । अब छिट्टै फ्रेस ग्रोसरी समेत शुरु गर्ने तयारीमा रहेको डाँफे  स्टोरले आउंदो क्रिसमस/नयाँ वर्षबाट मासुहरु पनि उपलब्ध गराउने योजना बनाएको छ ।  

विभिन्न नेपाली दाल, चाउचाउ, अचार, टिमुरको छोप, कोदो, फापर, गहुं र जौको पिठो लगायत नेपाली खानेकुराहरु डाँफे स्टोरमा उपलब्ध छन् ।  

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू