शुक्रबार, चैत १६, २०८०
08:05 | १३:५०

बेलायतमा कोरोना संक्रमण बढेको बढ्यै

परीक्षणको दायरा बढाउन सरकारमाथि दवाव

नेपाली लिङ्क सेप्टेम्बर १७, २०२०

लन्डन । ब्रिटेनमा कोरोना भाइरस संक्रमण दिनहुं बढिरहंदा परीक्षणको दायरा थप बढाउन सरकारमाथि दवाव परेको छ ।

पछिल्ला दिनमा बेलायत सरकारलाई बढ्दो परीक्षणको माग पूर्ति गर्न संघर्ष भइरहेको छ । राष्ट्रिय स्वास्थ्य सेवा (एनएचएस) टेष्ट एण्ड ट्रेस प्रमुख डिडो हार्डिङले बहुसंख्यक मानिस ‘कोभिड १९’ परीक्षण चाहिरहेका तर सम्भव नभएको स्वीकारेका छन् । संसदमा बोल्दै उनले परीक्षण गर्न सरकारको क्षमताभन्दा ३-४ गुणा बढी माग रहेको बताएका हुन् ।

परीक्षणको नतिजा आउन पनि लामो प्रतिक्षा गर्नुपर्ने अवस्था छ । दशमध्ये ९ जनाको नतिजा आउन २४ घण्टा भन्दा बढी समय लाग्ने गरेको बेलायती अखबारहरुले उल्लेख गरेका छन् ।

गत २४ घण्टामा तीन हजार ३९५ संक्रमित थपिएका छन् भने २१ जनाको मृत्यु भएको छ । बितेको साता इंग्ल्याण्डमा कोरोना केस ७५ प्रतिशतले बढेको तथ्यांक छ । बेलायती अधिकारीहरुका अनुसार, हालसम्म कोभिड १९ बाट मृत्यु हुनेको संख्या ४१ हजार ७ सय ५ पुगेको छ । तर, राष्ट्रिय तथ्यांक कार्यालयले प्रकाशित गरेको तथ्यांकमा भने मृतक संख्या ५७ हजार ५ सय छ ।

बैज्ञानिकहरुले सरकारले परीक्षणको दायरा बढाइ भाइरस ‘ट्रयाक’ गर्न असमर्थ हुने हो भने दोश्रो लकडाउन आवश्यक हुने चेतावनी दिएका छन् ।

यसैबीच, नर्थ इष्ट इंग्ल्याण्डमा कोभिड १९ संक्रमण नियन्त्रणका लागि थप कडाइ गरिएको छ । सरकारी घोषणा अनुसार बिहीबार मध्यरातदेखि त्यस क्षेत्रका करिब २० लाख मानिस अर्को परिवारसंग घुलमिल हुन वञ्चित हुने भएका छन् ।

बार पबका लागि १० बजेपछि कर्फ्यू लगाइने छ ।  

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू