शुक्रबार, वैशाख ७, २०८१
06:59 | ११:४४

दूतावासका तृतीय सचिव रेग्मी पनि नेपाल फर्किए

नेपाली लिङ्क सेप्टेम्बर १३, २०२०

लण्डन । लण्डनस्थित नेपाली दूतावासका तृतीय सचिव तेजेन्द्र रेग्मी पनि आफ्नो ४ बर्षको कार्यकाल सकेर नेपाल फर्किएका छन्। आइतबार दिउसो उनी हिथ्रो विमानस्थलबाट परिवारसहित नेपाल फर्किएका हुन् । राजदूत डा. दुर्गाबहादुर सुवेदी रेग्मी परिवारको विदाइ गर्न विमानस्थल पुगेका थिए ।  

सरुवा, बढुवा एउटा नियमित प्रकृया भएको बताउँदै रेग्मीले आफ्नो बेलायत बसाइ सुखद र अविस्मरणीय रहेको बताए ।  

उनले नेपाली समुदायप्रति आभार पनि व्यक्त गरे । उनको दरवन्दी परराष्ट्र मन्त्रालयमै हुनेछ । 

रेग्मीले आफ्नो कार्यकालका क्रममा दूतावासबाट हुने कन्सुलर सेवा छिटो, सहज बनाउन उल्लेख्य भूमिका खेलेका थिए । विशेष  गरि घुम्ती कन्सुलर सेवाका लागि उनी अन्य डिप्लोम्याट्सका साथ बेलायतका हरेक शहर पुग्ने गर्दथे । सहयोगी भावनाले उनी नेपाली समुदायमा रुचाइएका थिए ।  

केही साता अघि उपनियोग प्रमुख शरदराज आरन पनि नेपाल फर्किए । उनीहरुको जिम्मेवारी सम्हाल्न दूतावासमा नयाँ टिम आइसकेको छ ।  

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू