बुधबार, वैशाख १२, २०८१
09:05 | १३:५०

बेलायतले ‘फर्लो’ मा बांडेको साढे ३ विलियन पाउन्ड गलत ठाउँमा

ठगी गर्नेहरुमाथि अनुसन्धान र कारबाहीको तयारी

नेपाली लिङ्क सेप्टेम्बर ११, २०२०

लन्डन । कोरोना महामारीले निम्त्याएको संकटका बेला बेलायत सरकारले ल्याएको ‘फर्लो स्किम’ को सहारामा बेलायतका हजारौं व्यवसाय टिकिराख्न सफल रहे । महिनौँसम्म काम नै बन्द हुँदा समेत लाखौं मानिसहरुले आफ्नो रोजगारी बचाउन सके ।  

तर यही फर्लो स्किमअन्तर्गत करिब साढे ३ विलियन पाउन्ड बराबरको रकम भने गलत ठाउँमा परेको तथ्य बाहिरिएको छ ।

सरकारले गलत र अयोग्य (नन एलिजिबल) मानिसहरुलाई उक्त रकम बांडेको सरकारका एक जिम्मेवार अधिकारीले स्वीकारेका छन् ।

‘एचएमआरसी’ का प्रमुख कार्यकारी जिम हाराले सरकारले फर्लोमा बांडेको कुल रकमको कम्तीमा ५ देखि १० प्रतिशत गलत ठाउँमा परेको बताएका छन् ।  

जसमध्ये केही रकम प्राविधिक गल्तीले गलत मानिसहरुलाई वितरण गरिएको छ । त्यस्तै, ठगी गर्ने नियतले गलत पात्रहरुले समेत कयौं रकम हात परेका छन् ।

प्राविधिक गल्तीका कारण पाउनुपर्ने भन्दा बढी रकम प्राप्त गर्ने कम्पनीहरुलाई उक्त रकम फिर्ता गर्न आव्हान गर्ने सरकारको तयारी छ । ठगी गर्ने नियतका साथ बढी रकम लिनेहरुको भने अनुसन्धान गरेर कारबाही प्रक्रिया अघि बढाउने भनिएको छ । 

पछिल्लो तथ्यांकअनुसार फर्लो स्किमअन्तर्गत बेलायत सरकारले झन्डै साढे ३५ विलियन पाउन्ड रकम वितरण गरेको छ । जसमध्ये पौने २ विलियनदेखि साढे ३ विलियन पाउन्डसम्मको रकम गलत ठाउँमा गएको ठानिएको छ ।  

गत मार्च महिनादेखि शुरु गरिएको ‘फर्लो’ शीर्षकको राहत स्किम आउंदो अक्टोबर महिनापछि सकिनेछ । यो स्किमबाट सरकारले लकडाउनले खुल्न नसकेका कम्पनीहरुलाई सहयोगस्वरुप त्यहाँ कार्यरत कामदारहरुको ८० प्रतिशत तलब व्यहोर्दै आएको छ ।  

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू