शुक्रबार, वैशाख १४, २०८१
16:02 | २०:४७

प्रथम भिसी विजेताको सालिक बनाउन गेसोले दियो ११११ पाउण्ड

नेपाली लिङ्क सेप्टेम्बर ६, २०२०


लण्डन । गोरखा भूतपूर्व सैनिक संघ (गेसो) ले बेलायतको अल्डरसटमा बन्न लागेको प्रथम भिसी विजेताको सालिकको सहयोगार्थ एक हजार एक सय एघार (१,१११) पाउण्ड सहयोग गरेको छ ।

गेसोले आइतबार एक कार्यक्रमबीच गोर्खा मेमोरियल प्रोजेक्टलाई सहयोग हस्तान्तरण गरेको हो ।  

रकम हस्तान्तरणका अवसरमा गेसोका कार्यवाहक अध्यक्ष धर्म तामाङ, उपाध्यक्ष तिर्खा पुन, महासचिव दशरथ राई, कोषाध्यक्ष देवीमाया पुन लगायत पदाधिकारीको उपस्थिति थियो ।

‘बिश्वयुद्ध लड्दा गोरखाली मध्यबाट प्रथम भिसी विजेता कुल बीर थापाको सम्मानपूर्वक सम्झनामा अल्डरसटको प्रिन्सेस गार्डेनमा सालिक स्थापना हुने हुँदा सो पबित्र कार्य गर्नका निम्ति हामीले सहयोग गरेका हौं’- गेसो सभापति कृष्णकुमार राईले भने ।

बेलायतको मिनी नेपाल मानिने अल्डरसटस्थित प्रिन्सेस गार्डेनमा बनाउन लागिएको प्रथम भिक्टोरिया क्रस (भिसी) विजेता गोर्खा सैनिक कुलवीर थापामगरको शालिक सहयोगार्थ बेलायतका कयौं संघसंस्थाले सहयोग गरेका छन् ।

गोर्खा मेमोरियल प्रोजेक्टका अनुसार शालिक निर्माणका लागि करिब १ लाख २५ हजार पाउण्ड लागत अनुमान छ ।

नेपाल–बेलायत सम्बन्धको सेतुका रुपमा रहेका गोर्खाहरुको योगदानबारे बेलायतका नेपालीको आउँदो पुस्ताहरुलाई समेत जानकारी गराउन प्रतीकस्वरुप सो शालिक निर्माण गर्न लागिएको हो ।

शालिक राख्ने ठाउँका लागि स्थानीय ग्रेटर रसमोर नेप्लिज कम्युनिटीले सन् २०१५ देखि रसमोर काउन्सिलसंग अनुरोध गर्दै आएकोमा गत वर्ष उपलब्ध गराइएको थियो ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू