शनिबार, वैशाख २९, २०८१
04:37 | ०९:२२

अल्डरसट भलिबल क्लबको तेस्रो अधिवेशनले चुन्यो नयाँ नेतृत्व

नेपाली लिङ्क सेप्टेम्बर ३, २०२०

लन्डन । अल्डरसट भलिबल क्लबमा नयाँ नेतृत्व चुनिएको छ ।

गत आइतबार सम्पन्न क्लबको तेस्रो अधिवेशनले स्वर्ग गुरुङको अध्यक्षतामा सर्वसम्मत नयाँ कार्यसमिति चयन गरेको हो ।

क्लबको निवर्तमान समितिमा कोषाध्यक्ष रहेका गुरुङ नयाँ कार्यसमितिको अध्यक्ष बनेका हुन् । क्लबको नयाँ कार्यसमितिमा विकास विक उपाध्यक्ष, शैलेश राई महासचिव, हेम राई सचिव, विमल गुरुङ कोषाध्यक्ष र महादेव गुरुङ सहकोषाध्यक्ष चयन भएका छन् ।
त्यस्तै, सदस्यहरुमा प्रथम गुरुङ, मनसुदन थापा, जीवन गुरुङ, मनोज बिक, सन्तोष गुरुङ र गोकुल राई चुनिएका छन् ।

त्यस्तै, क्लबको क्याप्टेनमा शंकर थापालाई चयन गरिएको छ । क्लबको संयोजकमा रामकृष्ण  गुरुङ र विजय रानालाई चयन गरिएको छ भने सल्लाहकारहरुमा निवर्तमान अध्यक्ष डोल श्रीष, संस्थापक अध्यक्ष चन्दन गुरुङ, दिकल गुरुङ, तेज सोमाई र श्री पूर्जा मनोनित भएका छन् ।

नवनिर्वाचित कार्यसमितिलाई क्लबका संस्थापक अध्यक्ष चन्दन गुरुङ र निवर्तमान अध्यक्ष डोल श्रीसले खादा र अविर लगाएर बधाई ज्ञापन गरेका थिए ।

नवनिर्वाचित अध्यक्ष स्वर्ग गुरुङले आफ्नो प्रतिवद्धता मन्तव्य राखेका थिए । यसअघि अधिवेशनका क्रममा निवर्तमान कार्यसमितिका कोषाध्यक्ष गुरुङले संस्थाको आर्थिक प्रतिवेदन पेश गरेका थिए । त्यसैगरी, सचिव शैलेश राईले वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । कोभिड १९ का कारण क्लबले आयोजना गर्दै आएको यूकेव्यापी भलिबल प्रतियोगिता यो वर्ष गर्न नसकिएको उनले जनाए ।

क्लबले बेलायतमा भलिबल प्रतियोगिता मात्र नगरेर साफ च्याम्पियन्स्मा भाग लिने नेपाली महिला टोलीका लागि १ लाख बढी सहयोग गरेको उनले जानकारी दिए । अधिवेशनका क्रममा सामाजिक दूरीको नियम पालना गर्दै एकपटकमा ३० जनासम्म सहभागी गराइएको थियो ।

कार्यक्रमको संचालन क्लबका सदस्य श्री पूर्जाले गरेका थिए ।  

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू