बिहीबार, वैशाख १३, २०८१
07:34 | १२:१९

क्याट यूकेद्वारा भरतपुर अस्पताललाई पीपीई हस्तान्तरण

नेपाली लिङ्क सेप्टेम्बर १, २०२०

चितवन । चितवन एड ट्रस्ट (क्याट) यूकेले भरतपुर अस्पताललाई व्यक्तिगत सुरक्षा सामाग्री (पीपीई) सहयोग गरेको छ ।

क्याट यूके अध्यक्ष जीवन सेनले पहिलो चरणमा १ सय ५० थान पीपीई सहयोग गरिएको जानकारी दिए । थप ३ सय थान पीपीई सहयोग गर्ने संस्थाको योजना रहेको अध्यक्ष सेनले बताए ।

क्याट यूकेले बेलायतबाट पठाएको पीपीई एक कार्यक्रमबीच सोमबार भरतपुर अस्पताललाई हस्तान्तरण गरिएको थियो ।

क्याट यूकेका पूर्व अध्यक्ष हिमाल गुरुङले संस्थाको प्रतिनिधित्व गर्दै पिपिई अस्पताललाई हस्तान्तरण गरेका थिए ।

अस्पताल विकास समितिका अध्यक्ष डा. भोजराज अधिकारीले व्यक्तिगत सुरक्षा सामाग्री (पीपीई) को सहयोगले कोरोना संक्रमितको उपचारमा ठूलो सहयोग पुग्ने विश्वास व्यक्त गरे । साथै, सहयोगका लागि उनले क्याट यूके र सबै सहयोगदातालाई धन्यवाद दिए ।

नेकपा नेता एवम् प्रदेश सभाका सांसद विजय सुवेदीको प्रमुख आतिथ्यमा सम्पन्न सहयोग हस्तान्तरण कार्यक्रममा अस्पताल विकास समितिका अध्यक्ष डा. भोजराज अधिकारी, अस्पतालका निमित्त मेसु डा. जगन्नाथ तिवारी, निमित्त मेट्रोन शान्ता भण्डारी, मेडिसिन विभागका प्रमुख डा. प्रकाश खतिवडा, वरिष्ठ बालरोग विशेषज्ञ डा. युबानिधि बसौला, अस्पतालका कोभिड–१९ क्लिनिकल संयोजक डा. प्रमोद पौडेल, चितवन सहायता कोष–बेलायतका भूतपूर्व अध्यक्ष हिमाल गुरुङ लगायतको उपस्थिति थियो ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू