शुक्रबार, वैशाख ७, २०८१
23:32 | ०४:१७

बेलायती युनिभर्सिटीहरु संक्रमणको नयाँ केन्द्र बन्ने चिन्ता

क्रिसमसअघि प्रत्यक्ष पठनपाठन नगराउन आव्हान

नेपाली लिङ्क अगस्ट ३०, २०२०

लन्डन । कोरोना महामारीका कारण महिनौदेखि बन्द रहेका बेलायती युनिभर्सिटीहरुको प्रत्यक्ष पठनपाठन अब विस्तारै सुचारू गर्ने तयारी हुँदैछ ।

तर यी युनिभर्सिटीमा अध्ययनरत लाखौं विधार्थी एकैपटक फर्किंदा त्यसले फेरि कतै महामारीको दोस्रो उत्कर्ष बिन्दू निम्त्याउने त होइन भन्ने चिन्ता पनि व्यक्त हुन थालेको बीबीसीले जनाएको छ ।  

बेलायती युनिभर्सिटी संचालकहरुले सेप्टेम्बर तेस्रो सातादेखि  आवश्यक सतर्कता अपनाउंदै विधार्थी युनिभर्सिटी फर्काउन आफूहरु तयार रहेको बताउँदै आएका छन्  

विधार्थीहरुको सुरक्षित फिर्तीको सुनिश्चितता गर्न धेरै मेहनत गरेको उनीहरुको भनाइ छ ।  

तर बेलायतका प्राज्ञहरुको युनियन ‘युसियू’ ले भने अहिले नै विधार्थीहरु युनिभर्सिटी फर्काउंदा कोरोना संक्रमणको दोस्रो पीक पोइन्ट निम्तिने ठूलो जोखिम रहने चेतावनी दिएको छ ।  

युनियन लिडर जो ग्र्याडीले भनेकी छन्,’जसरी पहिला केयर होमहरु संक्रमणको केन्द्र बने । त्यसरी नै अब दोस्रो चरणमा युनिभर्सिटीहरुले सोही नियति सामना गर्नुपर्ने जोखिम छ ।’

दश लाखभन्दा बढी युनिभर्सिटी विधार्थीहरु एकैपटक फर्किदा त्यसले संक्रमण फेरि फैलाउन मद्धत गर्ने चिन्ता उनको छ ।  

कोरोना संक्रमण बढ्दै गएपछि गत मार्चदेखि कक्षाकोठाको पठनपाठन बन्द गरेका युनिभर्सिटीहरु आउंदो महिनादेखि विधार्थी फर्काउने तयारीमा छन् ।  

तर, लाखौं विधार्थीहरुको फर्किदा संक्रमणको जोखिम बढ्ने भन्दै कमसेकम क्रिसमससम्मको लागि कक्षाकोठाको प्रत्यक्ष पठनपाठन नगराउन युसियूले आव्हान गरेको छ ।  

कोरोना संक्रमणबाट बढी प्रभावित क्षेत्रका विधार्थीहरु कम प्रभावित क्षेत्रका विधार्थीहरुको सम्पर्कमा पुग्नु निकै खतरनाक हुने चेतावनी  दिइएको छ ।  

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू