शनिबार, वैशाख १५, २०८१
23:47 | ०४:३२

लन्डन-दिल्ली बस सेवा शुरु हुँदै

१८ वटा देश हुँदै ७० दिनमा दिल्ली पुगिने

नेपाली लिङ्क अगस्ट २६, २०२०

फोटो मिरर

लन्डन । अब चांडै नै बेलायतदेखि बसबाटै भारतको दिल्लीसम्म यात्रा गर्न सकिने भएको छ । सन् २०२१ मा शुरु गरिने भनिएको उक्त बस सेवाको लागि आवश्यक प्रक्रिया अघि बढिरहेको छ  ।

यो बसमा लन्डनबाट दिल्लीसम्म पुग्न २० हजार किलोमिटरको यात्रा गर्नुपर्नेछ । कूल यात्रा अवधिभर १८ वटा देश हुँदै ७० दिनमा गन्तव्यस्थानमा पुगिने बताइएको छ ।

‘एडभेन्चर ओभरल्यान्ड’ नाम दिइएको यो बस रुटमा यात्रा गर्न यात्रुहरुले आफ्नो चाहनाअनुरुप टिकट खरिद गर्न सक्नेछन् । यो नै बेलायत र भारतबीचको पहिलो ‘हप अन/हप अफ’ बस सेवा हुनेछ ।

यो बस यात्रामा युरोपियन हट स्पटहरु मस्को, भिल्निअस, पाराग्वे, फ्रयांकफर्ट, ब्रसेल्स, उज्वेकिस्तान जस्ता मुलुकहरुको महत्वपूर्ण स्थान लगायत काजकिस्तानको क्यास्पियन सागरको ‘क्रुज सेवा’ पनि समेटिनेछ । यसैगरी, मध्य एसियाको गोबी मरुभूमी, चीनको ग्रेटवाल, सिल्क रोड जस्ता ठाउँहरुको पनि अनुभव बटुल्न सकिनेछ ।

दिल्ली पुग्नुअघि यात्रुहरुले म्यान्मारको चर्चित पगोडाको पनि अवलोकन गर्ने अवसर प्राप्त गर्नेछन् । विश्वभर फैलिएको कोरोना भाइरसका कारण वर्तमान अवस्थामा असम्भव देखिए पनि सन् २०२१ मा उक्त बस सेवा संचालन हुने अपेक्षा गरिएको छ ।

यसका साथै यात्रा अवधिमा प्रवेश गरिने मुलुकसंगको आवश्यक कानूनी प्रक्रिया पनि पूरा गर्नुपर्नेछ । यात्रा आरामदायी एवं सुरक्षित बनाउन आवश्यक सबै प्रक्रियाको अध्ययन भैरहेको एडभेन्चर ओभरल्यान्डका एक संस्थापक तुषार अग्रवालले बताए ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू