शनिबार, वैशाख १५, २०८१
04:11 | ०८:५६

च्याम्पियन्स लिगको उपाधि बायर्न म्युनिकलाई

पिएसजीमाथि १–० को साँघुरो अन्तरको जीत

नेपाली लिङ्क अगस्ट २३, २०२०

लन्डन । जर्मन क्लब बार्यन म्युनिकले युरोपियन च्याम्पियन्स लिग फुटबलको उपाधि जितेको छ ।

सिजन २०१९–२० को फाइनल खेलमा उसले फ्रेन्च क्लब पिएसजीलाई १–० को साँघुरो अन्तरले हराउँदै छैटौंपटक युरोपको च्याम्पियन बन्न सफल भएको हो ।

पोर्चुगलको लिस्वन सहरमा भएको फाइनल खेलमा बार्यनले दोस्रो हाफमा गरेको १ मात्रै गोलको सहारामा  स्पष्ट जित निकाल्दै उपाधि पोल्टामा पार्न सफल भएको हो ।

अत्यन्तै प्रतिस्पर्धात्मक खेलको ५९ औं मिनेटमा बायर्नको लागि किङ्स्ली कोम्यानले निर्णायक गोल स्कोर गरेका थिए ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू