बुधबार, वैशाख १२, २०८१
12:52 | १७:३७

अमेरिकामा बेरोजगारी बीमा आवेदन गर्ने १० लाख बढी

रासस-एएनआई अगस्ट २२, २०२०

वासिङटन डिसी-संयुक्त राज्य अमेरिकामा बढ्दो बेरोजगारीका कारण बेरोजगार बीमाको कार्यक्रमका लागि आवेदन गर्ने नागरिकको संख्या बढेको छ । जुन संख्या पछिल्लो समयमा कम्तीमा पनि ११ लाख पुगेको हो ।

अमेरिकामा कोरोना भाइरसको महामारीका कारण यस्तो अवस्था आएको हो । गएको पाँच महिनामा अमेरिकामा भाइरसको प्रकोप देखिएको छ ।

यहाँ हाल कम्तीमा पनि ५६ लाख नागरिकलाई कोरोनाको संक्रमण देखिएको छ । जसका कारण यहाँको अर्थतन्त्र तथा रोजगारीहरुमा पनि नराम्रोसँग ह्रास आएको पाइएको छ । 

यस्तो बेरोजगारी संख्या यहाँ बढ्दै गएको देखिएको छ । पछिल्लो समयमा ११ लाख नागरिकले बेरोजगारी बीमाको फारम भरेका छन् । यो संख्या अघिल्लो हप्ताको तुलनामा बढी हो । अघिल्लो हप्ता यहाँ यो फारम भर्ने व्यक्तिको संख्या ९ लाख ७० हजार मात्र थियो । 

यहाँको सरकारले महामारी बेरोजगार सहायता पनि दिइरहेको छ । सो सहायता अन्तर्गत यो बीमा पनि पर्दछ । त्यसैले नागरिकहरुले पहिलो पटक यति धेरैले यो फारम भरेका हुन् ।

यहाँका आर्थिक क्षेत्रका अधिकारीहरुले अमेरिकामा कारोना भाइरसको प्रकोप अहिलेजस्तो गरी बढ्दै जाने हो भने यो बेरोजगार नागरिकहरुको दर पनि ठूलो मात्रामा बढ्दै जाने बताएका छन् । 

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू