शनिबार, वैशाख ८, २०८१
00:29 | ०५:१४

नेपालमा कोरोना संक्रमितको संख्या ३० हजार नाघ्यो, थप ११ को मृत्यु

नेपाली लिङ्क अगस्ट २१, २०२०

काठमाण्डौ  ।  पछिल्लो २४ घन्टामा  थप ८ सय ३८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका छन् ।

संक्रमितमध्ये काठमाडौंमा १ सय ८२, ललितपुरमा २५  र भक्तपुरमा १  जनामा संक्रमण पुष्टि भएको पनि गौतमले जानकारी दिए ।

पछिल्लो चौबीस घण्टामा २ सय ९२ महिला र  ५ सय ४६ जना पुरूषमा कोरोनाको  पुष्टि भएको हो । हालसम्म नेपालमा कोरोना संक्रमितको कुल संख्या ३० हजार ४ सय ८३ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा २ सय ५० जना डिस्चार्ज भएका छन् ।  योसँगै निको भएर घर फर्किनेको कुल संख्या १८ हजार २ सय १४ पुगेको छ ।

हाल देशभर सक्रिय संक्रमितको संख्या १२ हजार १ सय ३२ रहेको छ भने आइसोलेशनमा रहेकाको संख्या ८ हजार ५ सय ४६ रहे्को छ । यस्तै होम आइसोलेसनमा ३ हजार ५८६ जना रहेका छन् ।

नेपालमा कोरोना भाइरसको संक्रमण समूदायस्तरमा फैलिरहेको बेला आइसीयूमा पनि विरामीको संख्या बढ्दै  गएको छ ।  बागमती प्रदेशमा १५ सहित हाल नेपालमा कुल १ सय ३३ जनाको आइसीयूमा उपचार भैरहेको छ ।

थप ११ जनाको मृत्यु

नेपालमा पछिल्लो २४ घण्टामा कोरोनाभाइरस संक्रमणबाट थप ११ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा  मोरङ, पर्सा, बारा, सप्तरी, सर्लाही, काठमाडौं, ललितपुर, चितवन, मकवानपुर, दोलखा र प्युठानका १–१ जना गरी ११ जना रहेका छन् ।

जसमा १ महिला र १० पुरुष रहेका छन् । योसँगै शुक्रबारसम्म कोरोनाभाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या १ सय ३७ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू