शुक्रबार, चैत १६, २०८०
14:26 | २०:११

नेपालबाट उड्नेलाई कतार एयरवेजमा कोभिड नेगेटिभ रिजल्ट अनिवार्य

नेपाली लिङ्क अगस्ट ९, २०२०

लन्डन । कतार एयरवेजले नेपालबाट उड्ने यात्रुलाई कोभिड १९ नेगेटिभ भएको मेडिकल रिजल्ट अनिवार्य देखाउनुपर्ने नियम लागू गर्ने भएको छ । विमानस्थलमा ‘चेकइन’ का बेला रिजल्ट पेश नगर्नेलाई यात्रा अनुमति नदिइने एयरवेजले जनाएको छ ।

यही अगष्ट १३ देखि नेपालसहित बंगलादेश, ब्राजिल, इरान, इराक, पाकिस्तान, फिलिपिन्स्, श्रीलंका, भारत, नाइजेरिया र रसियाबाट यात्रा गर्ने यात्रुलाई अनिवार्य कोभिड १९ नेगेटिभ रिजल्ट पेश गर्न भनिएको हो । परीक्षणको नतिजा प्रस्थान गर्नु ७२ घण्टाभित्रको हुनुपर्नेछ । नेगेटिभ रिपोर्टसहित परिवारका साथ यात्रा गर्ने १२ वर्ष मुनीका बालबालिकाका लागि भने छुट हुनेछ ।

कतार एयरवेजले नेपालमा आफूलाई मान्य हुने केही परीक्षण केन्द्र पनि तोकेको छ जसमा काठमाडौंस्थित स्टार हस्पिटल, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, केएमसी अस्पताल, बीर अस्पताल, पाटन एकेडेमी अफ हेल्थ साइन्सेस, हयाम्स हस्पिटल, सेन्ट्रल डाइगनोस्टिक लेबोरेटोरी, सूर्य हेल्थकेयर र ग्राण्डी अस्पताल छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू