बिहीबार, चैत १५, २०८०
15:23 | २१:०८

साहित्यकार दुर्गाप्रसाद पोख्रेलको नवीनतम मुक्तक संग्रह लोकार्पण

नेपाली लिङ्क अगस्ट ४, २०२०

लण्डन । साहित्यकार दुर्गाप्रसाद पोख्रेलको नवीनतम मुक्तक संग्रह “आफैंसँग आफ्नो नाता” को मंगलबार लण्डनस्थित नेपाली राजदूतावासमा एक समारोहबीच लोकार्पण गरिएको छ । 

बेलायतका लागि नेपाली राजदूत डा. दुबसु क्षेत्रीले उक्त कृति लोकार्पण गरेका हुन् । समारोहमा बोल्दै क्षेत्रीले  बेलायतमा साहित्यिक क्षेत्र र  सांस्कृतिक  परम्परालाई निरन्तरता दिंदै आएकोमा पोख्रेललाई  धन्यबाद तथा शुभकामना दिएका थिए  ।

सोहि अवसरमा  “आफैंसँग आफ्नो नाता”  कृतिबाट साहित्यकार पोख्रेलले आफ्ना एक दर्जन मुक्तक वाचन गरेर सुनाएका थिए । यस मुक्तक संग्रहमा १ सय ९६ वटा मुक्तकहरु संकलन गरिएका छन्  ।

लण्डन निवासी पोख्रेलको यो तेस्रो साहित्यिक कृति हो । यस अघि उनका ‘अमृतका थोपा’ र ‘अक्षरका पाइलाहरू’ दुई कृति प्रकाशित भइसकेका छन् ।

उक्त समारोहमा लण्डनस्थित बुद्धिजीवि, साहित्यकार, संस्कृतिविद् एवं राजदूतावास परिवारको उपस्थिति थियो ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू