बिहीबार, वैशाख १३, २०८१
09:57 | १४:४२

कोरोना संक्रमणबाट विश्वभर ६ लाख ३७ हजार भन्दा बढीको मृत्यु

१ करोड ५७ लाख १६ हजार ४३ संक्रमित

नेपाली लिङ्क जुलाइ २४, २०२०

लन्डन  । शुक्रबार दिउँसोसम्म विश्वभर १ करोड ५७ लाख १६ हजार ४३  जना व्यक्ति कोरोना भाइरसबाट  संक्रमित भएका छन् । कोरोना भाइरस संक्रमणका कारण विश्वभरी ६ लाख ३७ हजार ६ सय १८ व्यक्तिको मृत्यु भएको वर्ल्डओमिटरले जानकारी दिएको छ ।

संक्रमितमध्ये हालसम्म ९५ लाख ८८  हजार ९ सय ११ व्यक्ति कोरोना मुक्त भएका छन् । विश्वभरमा ५४ लाख ८९ हजार ५ सय १४  व्यक्ति कोरोना भाइरस संक्रमित रहेको वर्ल्डओमिटरको तथ्याँकमा उल्लेख छ । संक्रमितमध्ये ६६ हजार २ सय १८ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको जनाइएको छ ।

कोरोना भाइरस संक्रमणको कारण अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ । संयुक्त राज्य अमेरिकामा मात्र ४१ लाख ७१ हजार ३ सय ७८  जनामा कोरोना भाइरसका संक्रमित रहेका छन् । कोरोनाका  कारण अमेरिकामा १ लाख ४७ हजार ३ सय ६४  व्यक्तिको मृत्यु भइसकेको छ ।

युरोपमा २७ लाख ४५ हजार २ सय  १ सय ८० जना कोरोना भाइरस संक्रमित रहेका छन् भने २ लाख ७ सय ४९ जनाको  मृत्यु भएको छ ।  युरोपभरिमा बेलायतमा सबैभन्दा बढीको मृत्यु भएको छ भने बढी संक्रमित हुनेमा स्पेन रहेको छ । यसैगरी एसियामा ३७ लाख २२ हजार १ सय ८० जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ भने ८६ हजार ७ सय ३४  जनाको मृत्यु भएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू