शनिबार, वैशाख २९, २०८१
04:21 | ०९:०६

नेपालमा कोरोना संक्रमितको संख्या १७ हजार नाघ्यो, थप १ सय १६ संक्रमित

साढे छ हजार सङ्क्रमित आइसोलेशनमा

नेपाली लिङ्क जुलाइ १४, २०२०

काठमाडौ । पछिल्लो २४ घन्टामा नेपालमा कुल ११६ कोरोना सङ्क्रमित थपिएका छन् । मुलुकका विभिन्न २५ प्रयोगशालामा गरिएको चार हजार ३६१ नमूना परीक्षणमा ११६ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

आज सबैभन्दा बढी प्रदेश नं २ को धनुषामा २१ सङ्क्रमित फेला परेका छन् । यस्तै महोत्तरीमा १९, अछाममा १४, दैलेख छ, पाल्पा र दाङ र कैलालीमा पाँच-पाँच, जुम्लामा चार, धनकुटा, रोल्पा, प्यूठान र अघाखाँचीमा तीन-तीन, इलाम, पर्सा, काभ्रेपलाञ्चोक, गोरखा, काठमाडौँ र नवलपरासी पूर्वमा दुई-दुई सङ्क्रमित फेला परेका छन् ।

यसैगरी सिरहा, सुनसरी, तेह्रथुम, झापा, नुवाकोट, रौतहट, सिन्धुली, ओखलढुङ्गा, सिन्धुपाल्चोक, सुर्खेत, बाँके, बर्दिया र कञ्चनपुरमा एक-एक जना सङ्क्रमित भेटिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले जानकारी दिए ।

योसंगै नेपालमा कोरोनाभाइरसबाट संक्रमित हुने कूल संख्या सङ्ख्या १७ हजार ६१ पुगेको छ ।

हालसम्म नेपालमा कोरोना संक्रमणका कारण ३८ जनाको ज्यान गैसकेको छ । सबैभन्दा बढी प्रदेश नं ५ मा १० जनाले कोरोनाका कारण ज्यान गुमाएको मन्त्रालयले जनाएको छ । प्रदेश नं १ मा कोरोनाकै कारण ज्यान गुमाउनेको सङ्ख्या शून्य छ । वागमती प्रदेशमा नौ, सुदूरपश्चिम प्रदेशमा छ, गण्डकी प्रदेशमा पाँच तथा प्रदेश नं २ र कर्णाली प्रदेशमा चार-चार जनाले कोरोनाकै कारण ज्यान गुमाएका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू