आइतबार, असोज २०, २०८१
08:55 | १३:४०

नेकपा अध्यक्षद्वयबीच एक्लाएक्लै भेटवार्ता

रासस जुलाइ ६, २०२०

ओली प्रचण्ड फाइल तस्बिर

काठमाडौं । आन्तरिक विवाद मिलाउन सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वयबीच सोमबार पनि छलफल भएको छ । आइतबार अन्य केही नेतासहित अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भएको छलफल पार्टीभित्र उत्पन्न विवाद मिलाउन सहमतिको खाका तय गर्ने अनौपचारिक समझदारी भएकामा त्यसको निरन्तरतामा आज उनीहरुबीच प्रधानमन्त्री निवास बालुवाटारमा छलफल भएको हो ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार उनीहरुबीच सहमतिको प्रयासका लागि आज एक्लाएक्लै पनि भेटवार्ता भएको थियो ।
सरकार र पार्टीको सम्बन्ध, कोरोना रोकथाम, एमसिसी, पार्टी एकताका बांकी काम आदि कार्यसूचीका लागि यही असार १० गतेदेखि जारी नेकपाको स्थायी कमिटीको बैठक यही असार २४ गतेसम्मका लागि स्थगित भएको छ ।
प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू