शुक्रबार, वैशाख १४, २०८१
23:09 | ०३:५४

नेपालमा कोरोनाबाट थप एकको मृत्यु, १४ हजार बढी संक्रमित

देशभर थप ४ सय ८२ जना सङ्क्रमित

नेपाली लिङ्क जुलाइ १, २०२०

काठमाडौँ । नेपालमा कोरोना भाइरस (कोभिड—१९) बाट मृत्यु हुनेको संख्या ३० पुगेको छ । अछामको बयलवाटा अस्पतालमा उपचारका क्रममा मृत्यु भएका एक पुरुषमा कोरोनाका संक्रमण भएको पुष्टि भएको छ ।

मृत्यु पश्चात लिइएको स्वाब परीक्षणमा कोरोना रिपोर्ट पोजेटिभ आएपछि थप एक संख्या बढेको हो ।

अछामको बयलपाटा अस्पतालमा उपचाररत रामारोशन गाउँपालिका ५ का ४५ वर्षिय पुरुषको असार १४ गते मृत्यु भएको थियो ।

स्वासप्रस्वासमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएको र उनी मधुमेहको बिरामी भएको प्रवक्ता गौतमले बताए ।

नेपालमा कोरोना भाइरस (कोभिड–९०) सङ्क्रमितको सङ्ख्या १४ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा देशभर थप ४ सय ८२ जना कोरोना सङ्क्रमित थपिएसंगै संक्रमित हुनेको कूल संख्या ४६ पुगेको हो ।

जसमध्ये १ सय १७ महिला र ३ सय ७५ पुरुष रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले आज बुधबारको प्रेस ब्रिफिंगमा जानकारी दिएका हुन् ।

यसैगरि देशभर ४ हजार ६ सय ५६ जना डिस्चार्ज भएका छन् । क्वारेन्टाइनमा ४८ हजार ३ सय ६२ र आइसोलेसनमा ९ हजार ३ सय ६० जना रहेको पनि प्रवक्ताले बताएका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू