शनिबार, वैशाख १५, २०८१
20:48 | ०१:३३

नेपालमा कोरोनाबाट थप एकको मृत्यु, ५ सय ९३ संक्रमित

कोरोना संक्रमितको कूल संख्या ११ हजार ७ सय ५५

नेपाली लिङ्क जुन २६, २०२०

काठमाडौं । नेपालमा कोरोनाबाट थप एक महिलाको मृत्यु भएको छ ।  गत असार ११ गते राप्तीमा अचेत अवस्थामा फेला परेकी अन्दाजी २५/३० वर्षे महिलाको  मृत्यु भएको अस्पतालले जानकारी दिएको थियो ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले  सोहि दिन उनको स्वाब संकलन गरेको र असार १२ गते उनलाई कोरोना पोजिटिभ भएको पुष्टि भएको  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले जानकारी दिएका छन् ।

योसंगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २७ पुगेको छ ।

गएको २४ घन्टाभित्र नेपालमा थप ५ सय ९३ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ ।  नेपालमा कोरोना संक्रमितको कूल संख्या ११ हजार ७ सय ५५ जना पुगेको छ ।

नयाँ संक्रमितमा १ सय ७ महिला र ४ सय ८६ जना पुरुष रहेको  प्रवक्ता डा जागेश्वर गौतमले शुक्रबारको नियमित प्रेस ब्रिफिङ मार्फत जानकारी दिएका हुन्  ।

यस्तै गएको  २४ घण्टामा ८ महिला र ४० पुरुष गरी ४८ जना डिस्चार्ज भएका छन् । योसँगै कोरोना निको हुनेको कूल संख्या २ हजार ६ सय ९८ रहेको मन्त्रालयले जानकारी दिएको छ ।

नेपालका ७७ जिल्लामध्य  हालसम्म देशका ७६ जिल्लामा कोरोनाको संक्संरमण  क्रमण देखिएको छ । अहिलेसम्म रसुवा जिल्लामा मात्र कोरोनाको संक्रमण देखा परेको छैन ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू