बुधबार, वैशाख १२, २०८१
21:46 | ०२:३१

अष्ट्रेलियामा घर घरमै पुगेर कोरोना परीक्षण गरिने

रासस-एपी जुन २५, २०२०


सिड्नी, ११ असार–अष्ट्रेलियामा स्वास्थ्यकर्मीहरुले घर घर गएर कोरोना परीक्षण गर्ने भएका छन् ।

कोरोनाभाइरसबाट अत्यधिक मानिस सङ्क्रमित देखिएको मेलबर्नमा रहेका १० हजार घर परिवारमा यसरी कोरोना परीक्षण गर्न लागिएको हो ।

अष्ट्रेलियाकै लागि चुनौतीपूर्ण मानिएको क्षेत्रमा मानिसलाई निवासमै गएर परीक्षण गरेर सङ्क्रमण नियन्त्रण गर्ने प्रयास गर्न लागिएको अधिकारीहरुको भनाइ छ ।

कोरोनाभाइरसले उत्पन्न गरेको महामारी नियन्त्रण गर्न मेलबर्न क्षेत्र अष्ट्रेलियाकै लागि सबैभन्दा बढी चुनौतीपूर्ण क्षेत्र मानिएको छ ।

भिक्टोरिया राज्यभर बिहीबार ३३ जना नयां सङ्क्रमित भेटिएका छन् । अष्ट्रेलियामा तीन महिनाबीचमा यति धेरै सङ्क्रमित एकै दिनमा भेटिएको यो पहिलो पटक हो ।

परीक्षण कार्यमा संलग्न एका प्रिमियर ड्यानियल एन्ड्रुजले दैनिक दश हजार जनाको कोरोना परीक्षण गरिने योजना रहेको जानकारी दिए । उनले यही दरमा कोरोना परीक्षणको कार्य दश दिनसम्म जारी रहने पनि बताए ।

परीक्षण सवै निःशुल्क गरिने छ भने नागरिकप्रतिको दायित्वको रूपमा यो परीक्षणलाई लिइएको छ ।

परीक्षण कार्यमा संलग्न भएका स्वास्थ्यकर्मीहरुलाई झण्डै एक हजार सैन्य अधिकारीहरुले समेत सघाउने जनाइएको छ ।

अष्ट्रेलियामा अहिलेसम्म कोरोनाभाइरसबाट कूल सङ्क्रमितको सङ्ख्या ७ हजार ५०० छ भने कोरोनाका कारण १०४ जनाको मृत्यु भएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू