शनिबार, वैशाख ८, २०८१
02:48 | ०७:३३

थप ४ सय १६ मा संक्रमण, संक्रमित ८ हजार २ सय ७४ पुगे

नेपाली लिङ्क जुन १९, २०२०

काठमाडौँ । नेपालमा थप ४ सय २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा शुक्रबार आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा देशभरिका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा ४२६ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए । यो सँगै संक्रमितको संख्या ८ हजार २ सय ७४ पुगेको छ ।

नयाँ संक्रमितमध्ये ३३८ पुरुष र ८८ महिला छन् ।

एकैदिन २१६ जना डिस्चार्ज

प्रवक्ता डा गौतमका अनुसार पछिल्लो २४ घण्टामा थप २१६ जना उपचारपछि निको भएर घर फर्किएका छन् । तीमध्ये नौ महिला र २ सय ७ पुरुष छन् । योसँगै निको भएर घर फर्किनेको संख्या एक हजार ४०२ पुगेको छ ।

पछिल्लो २४ घन्टामा ४ हजार २ सय ३१ गरी शुक्रबारसम्म पीसीआर विधिबाट १ लाख ६१ हजार ७ सय ४९ जनाको परीक्षण भएको छ । यस्तै आरडीटी विधिबाट पछिल्लो २४ घन्टामा ४ हजार ३ सय ९९ गरी शुक्रबारसम्म २ लाख ४७ हजार ८ सय ७४ जनाको परीक्षण भएको प्रवक्ता डा गौतमले जानकारी दिए । उनका अनुसार एक लाख नौ हजार ४६१ जना क्वारेन्टिनमा र छ हजार ८५० जना आइसोलेशनमा रहेका छन् । मुलुकभर २२ प्रयोगशालाबाट पीसीआर परीक्षण गरिँदै आएको छ ।

कोरोना भाइरस संक्रमणबाट हालसम्म २२ जनाको मृत्यु भएको छ भने पछिल्लो २४ घण्टामा थप संक्रमितको मृत्यु नभएको प्रवक्ता डा गौतमले जानकारी दिए । हालसम्म देशका ७४ जिल्लामा कोरोना भाइरसको संक्रमण फैलिएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू