शनिबार, वैशाख ८, २०८१
04:11 | ०८:५६

नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १८ पुग्यो

नेपाली लिङ्क जुन १३, २०२०

वीरगञ्ज नेपालमा कोरोनाका कारण थप दुई जनाको मृत्यु भएको पुष्टि भएको बिहीबार शुक्रबार वीरगञ्जमा मृत्यु भएका दुई जनाको पीसीआर परीक्षणमा कोरोना पोजेटिभ देखिएको

बिहीबार वीरगञ्जको घण्टाघरछेऊ मृत अवस्थामा फेला परेका अन्दाजी २५ वर्षका पुरुष वीरगञ्ज हेल्थकेयर अस्पतालमा उपचारकोक्रममा शुक्रबार मृत्यु भएका बारा जिल्लाका वर्षीय बालकको पीसीआर परीक्षणमा कोरोना पोजेटिभ देखिएको हो

योसंगै नेपालमा कोरोना संक्रमणको कारण मृत्यु हुनेको संख्या १८ पुगेको

वीरगञ्जको घण्टाघर अगाडि खाली रहेको जग्गाको पार्किङ स्थलमा विहीबार फेला परेको अन्दाजी २५ वर्षीय बेवारिसे शवबाट विहीबार नै स्वाब  संकलन गरि परीक्षणका लागि नारायणी अस्पतालको प्रयोगशालामा पठाइएको थियो

परीक्षणपछि शुक्रबार राती १० बजे उक्त शवमा कोरोना संक्रमण पुष्टि भएको हो

त्यसैगरी, वीरगञ्ज महानगरपालिका१४ बहुअरीमा रहेको वीरगञ्ज हेल्थकेयर अस्पतालमा बारा निजगढका वर्षीय बालकलाई निमोनियाको समस्या देखिएपछि उपचार सुरु गरिएको थियो

उपचारको क्रममा ती बालकको शुक्रबार मृत्यु भएपछि स्वाब संकलन गरी पिसिआर परीक्षण गर्दा शनिबार बिहान कोरोना संक्रमण पुष्टि भएको हो

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू