शुक्रबार, वैशाख १४, २०८१
14:52 | १९:३७

फिफा वरियतामा नेपाल यथावत्

रासस जुन ११, २०२०

फाइल तस्विर

काठमाडौं । विश्व फुटबल महासंघ (फिफा) को नयाँ वरियतामा नेपाल यथावत रहन सफल भएको छ ।

फिफाले बिहीबार सार्वजनिक गरेको नयाँ वरियतामा नेपाल १७० औँ स्थानमा रहेको हो । गत महिना पनि नेपाल १७० औँ स्थानमै रहेको थियो ।

नेपाल दक्षिण एशियाली राष्ट्रमा भने तेस्रो स्थानमा छ । नेपालभन्दा अगाडि भारत र माल्दिभ्स छन् । भारत १०८औँ स्थानमा छ भने माल्दिभ्स १५५ औँ स्थानमा छ ।

त्यसैगरी नेपालभन्दा तल भूटान, बंगलादेश, श्रीलंका र पाकिस्तान छन् । भूटान १८९औँ स्थानमा रहदा बंगलादेश १८७ औँ, श्रीलंका २०६औँ तथा पाकिस्तान २००औँ स्थानमा छन् ।

नयाँ वरियताको शीर्ष स्थानमा भने बेल्जियम छ । त्यसैगरी फ्रान्स दोस्रो, ब्राजिल तेस्रो, इंग्ल्यान्ड चौथो र उरुग्वे पाँचौं स्थानमा छन् । त्यसैगरी, क्रोएसिया छैटौँ, पोर्चुगल सातौँ, स्पेन आठौँ, अर्जेन्टिना नवौ र कोलम्बिया दशौँ स्थानमा छन् ।

पछिल्लो समय महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण विश्वभर फुटबलका गतिविधि ठप्प भएको कारण वरियतामा खासै परिवर्तन भएको छैन ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू