शनिबार, वैशाख ८, २०८१
20:57 | ०१:४२

भर्चुअल तेक्वान्दोमा नेपालले जित्यो दुई स्वर्ण

नेपाललाई अन्तर्राष्ट्रिय पुम्से च्याम्पियनसिपमा दुई स्वर्ण पदक

रासस जुन ९, २०२०

फाइल फोटो

काठमाडौँ । कोरोना भाइरस (कोभिड १९) का कारण जारी लकडाउन र सोसियल डिस्टान्सले अहिले हरेक क्षेत्र भर्चुअलमय बन्दै गैरहेको छ । खेलकूद क्षेत्रमा पनि भर्चुअल माध्यम अपनाउन थालिएको छ ।

भर्खरैमात्र भर्चुअल तेक्वान्दोतर्फ नेपालले अन्तर्राष्ट्रिय पुम्से च्याम्पियनसिपमा दुई स्वर्ण पदक हात पारेको  छ । नेपालका लक्ष्मण ऐर र दावा शेर्पाले सो प्रतियोगितामा स्वर्ण पदक जितेका हुन् ।

युएस वेस्ट कोस्ट तेक्वान्दो सङ्घ, पोर्टल्यान्ड, अमेरिकाको तत्वावधान र पान अमेरिकन तेक्वान्दो युनियन, पोर्टल्यान्डद्वारा आयोजित प्रतियोगितामा नेपालका सस्मिता केसी र अर्जुन तामाङले रजत तथा रेशमाया गुरुङले कास्य पदक जितेका छन् ।

उक्त प्रतियोगितामा नेपालका अन्तर्राष्ट्रिय निर्णायक अशोक खड्काले निर्णायकको भूमिका निर्वाह गरेका थिए । तेह्र सदस्सीय निर्णायक मण्डलमा एसियाबाट खड्का एक्लो निर्णायक रहेको नेपाल तेक्वान्दो सङ्घले जनाएको छ  ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू