शनिबार, वैशाख ८, २०८१
05:00 | ०९:४५

नेपालमा कोरोनाबाट थप एकको मृत्यु, ३१४ मा सङ्क्रमण

रासस जुन ८, २०२०

काठमाडौं । कोभिड–१९ सङ्क्रमणबाट सोमबार एक जनाको निधन भएको छ । स्याङ्जा वालिङ नगरपालिका–३ घर भएका ५८ वर्षका पुरुषको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नियमित पत्रकार सम्मेलनमा जानकारी दिएको हो । अहिलेसम्म १४ जना कोभिड–१९ को कारणले मृत्यु भएका छन् ।

मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार आज विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा ३१४ जनामा सङ्क्रमण देखिएको छ । तीमध्ये २९४ जना पुरुष र २० जना महिला रहेका छन् । आज देखिएका सङ्क्रमितसँगै जम्मा सङ्क्रमितको सङ्ख्या तीन हजार ७६२ जना रहेको छ । यसमा पुरुषको सङ्ख्या तीन हजार ५०६ र महिला २५६ छन् ।

यसैगरी सोमबार २१ जना कोभिड–१९ सङ्क्रमणबाट निको भई घर फर्किएको सो अवसरमा जानकारी दिइयो । उनीहरुमध्ये बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालबाट २० जना र कोभिड–१९ युनिफाइड अस्पतालबाट एक जना डिस्चार्ज भएका छन् । क्यान्सर अस्पतालबाट डिस्चार्ज हुने सबै बाँके नरैनापुरका १३ वर्षदेखि ५२ वर्षका पुरुष १५आँै दिनदेखि २०औँ दिनमा भएका छन् ।

यस्तै युनिफाइड अस्पतालबाट एक जना २३ वर्षकी महिला ५ दिनमा डिस्चार्ज भएकी हुन् । यसरी आज डिस्चार्ज हुनेसँगै अहिलेसम्म ४८८ जना डिस्चार्ज भएका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू