शुक्रबार, चैत १६, २०८०
01:03 | ०६:४८

धेरै सम्पति जोड्ने खेलाडीमा टेनिस खेलाडी फेडेरर एक नम्बरमा

रोनाल्डो दोस्रो र कोहली ६३ औं नम्बरमा

नेपाली लिङ्क जुन ४, २०२०

न्यूयोर्क । न्यूयोर्कबाट सञ्चालित प्रतिष्ठित फोर्ब्स मिडियाले वर्षभर सबैभन्दा बढी सम्पति जोड्ने एक सय जना खेलाडीको सूची प्रकाशित गरेको छ ।

यसपटक स्वीस टेनिसका महान खेलाडी रोजर फेडेरर फोर्ब्सको एक सय जना खेलाडीको सूचीमा शिर्ष स्थानमा पर्न सफल भएका छन् ।

फोर्ब्सका अनुसार स्वीस नागरिक रोजर फेडेररले फुटबलका क्रिष्टियानो रोनाल्डोलाई पछि पारेका छन् ।

सन् २०१९ जुन १ देखि  सन् २०२० जुन १ सम्मको कुल सम्पतिको मूल्यांकनका आधारमा फोर्ब्सले सूची तयार पारेको हो । जसअनुसार टेनिस स्टार फेडेररले पछिल्लो एक वर्षको अवधिमा दश करोड ६३ लाख अमेरिकी डलर सम्पत्ती जोडेका छन् ।

त्यस्तै, पोर्चुगिज फुटबल स्टार क्रिष्टियानो रोनाल्डोले उक्त अवधिमा दश करोड ५० लाख अमेरिकी डलर सम्पत्ती जोडेर दोस्रो स्थानमा परेका छन् । रोनाल्डोका प्रतिद्वन्दीको रुपमा स्पेनिस स्टार लियोनल मेस्सी दश करोड ४० लाख सम्पत्ती आर्जन गरेर तेस्रो स्थानमा परेका छन् । ब्राजिलियन खेलाडी नेयमार चौथो स्थानमा छन् ।

फोर्ब्सको खेलाडीहरुको उक्त सूचीमा भारतीय क्रिकेटका कप्तान विरोट कोहली ६३ औं स्थानमा परेका छन्  । कोहलीले दुई करोड ६० लाख अमेरिकी डलर सम्पत्ती जोडेका छन्  ।

खेलाडीको वार्षिक तलब, प्रचारवापत पाउने रकम, रोयाल्टी, पुरस्कार राशी लगायतका  वार्षिक सम्पत्तीको  मूल्यांकन गरेर फोर्ब्सले उक्त सूची सार्वजनिक गरेको हो  ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू